न्यूजमधेश डेस्क जनकपुरधाम ,८ चैत्र।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताएका छन्। मंगलबार जनकपुरमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा ठाकुरले यस्तो बताएका हुन्। ‘प्रधानमन्त्रीले सरकारमा सहभागी हुन हामीलाई आग्रह गर्नुभएको छ। त्यहीअनुसार पार्टीभित्र छलफल चलिरहेको छ,’ ठाकुरले भने। सरकारमा सहभागिताका लागि आफूहरूले उठाउँदै आएका मागहरू […]
न्यूजमधेश डेस्क जनकपुरधाम,८ चैत्र।सत्तारुढ गठबन्धनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नै मन्त्रिपरिषद्मा हेरफेर हुने तयारी भइरहेको बताएका छन् । उनले जनकपुरधामको विमान स्थलमा संचारकर्मीहरु संग कुरा गर्दै मन्त्रिपरषद्मा हेरफेर र पूर्णता दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताउनुभयो । मधेस प्रदेशमा मंगलबार(आज) आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका प्रचण्डले भने, […]
न्यूजमधेश डेस्क काठमाडौँ ,८ चैत्र। नायिका करिष्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्दैछिन् । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । यसअघि उनी डा.बाबुराम भट्टराई नेतृत्त्वको तत्कालीलन नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन् । तर, केही समयपछि नै उनी उक्त पार्टीमा निस्क्रिय भएर बसेकी […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२४ फागुन । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले जानकी मन्दिर परिसरमै गाडी लगेपछि आलोचना भएको छ । दुई वर्षदेखि जानकी मन्दिर परिसरमा गाडी पार्किङमा रोक लगाए पनि प्रदेश प्रमुख मिश्र गत शनिबार ज १ झ ४५१ नम्बरको गाडी मन्दिरभित्रै लिएर गएका थिए । ‘अनौपचारिक रुपमा दुई वर्षदेखि कुनै पनि गाडी भित्र ल्याउन […]
न्यूजमधेश डेस्क काठमाडौँ,२२ फागुन । सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा दुई हजार रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा […]
न्यूजमधेश डेस्क महोत्तरी ,२२ फागुन। विभिन्न धार्मिक स्थलको परिक्रम गरी १५ दिने मिथिला परिक्रम आज महोत्तरीको मट्टीहानी आइपुगेको छ। मिथिलाविहारीको डोलसँगै सुरु भएको मिथिला परिक्रम आज चौथो दिन मट्टीहानी आइपुगेको हो। परिक्रमामा ५० हजारभन्दा बढी व्यक्ति सहभागी छन्। फागुनको औँशीबाट सुरु भएर पूर्णिमासम्म चल्ने यो धार्मिक यात्रा धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मठबाट सुरु हुने […]
न्यूजमधेश डेस्क महोत्तरी ,२२ फागुन। नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी भएका छन् । शनिबार घोषित मतपरिणामानुसार उहाँलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाएका थिए । विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । दोस्रो मत पाउने सुशीलकुमारले ७७९ […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ फागुन। धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका-१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका- ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५/६ जनाको […]