न्यूजमधेश डेस्क जनकपुरधाम ,२० माघ । ३५ सय रुपैयाँ घुससहित बाराबाट एक वडा सचिव पक्राउ परेका छन् । बाराको कोल्ही नगरपालिका वडा नम्बर ११ का वडासचिव नायव सुब्बा विनोदप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ सय रुपैयाँ घुससहित पक्राउ गरेको हो । साहले जग्गा नामसारीको सिफारिस गरिदिने प्रयोजनका लागि घुस मागेको सूचनाका आधारमा आयोगको हेटौँडा […]
न्यूजमधेश डेस्क काठमाडौं,२० माघ। १५ वर्षीया मञ्जिता साहले आफ्नो जन्मदिन मनाउने पैसा किसान आन्दोलनमा सहयोग गरेकी छिन्। सुनसरी स्थायी घर भएकी मञ्जिता काठमाडौंस्थित सैनिक महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन्। आफ्नो परिवारका सदस्यहरु पनि किसान भएकोले र किसानको लागि आन्दोलन भइरहेकोले आफ्नो जन्मदिनमा खर्च हुने रकम आन्दोलनमा सहयोग गरेको बताइन्। किसान आन्दोलनका लागि आर्थिक सहयोग […]
न्यूजमधेश डेस्क बुटवल,२० माघ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले अघि सारेका मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको छ । जनमत पार्टी रुपन्देहीको आयोजनामा रुपन्देहीको धकधई, बनगाईलगायतका स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको हो। पुत्ला दलन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। तर […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१७ माघ।किसान आन्दोलनलाई निरन्तरता दिदै डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशका जिल्लाहरुमा बयलगाडा जुलुस प्रदर्शन गरिएको छ । आन्दोलनको कार्यक्रमअन्तगर्तत पार्टीले आज (सोमबार) बयलगाडा जुलुस प्रदर्शन गरिएको पार्टीका महासचिव चन्दन सिंहले बताएका हुन् । सो पार्टीे किसानलाई समयमा मलखाद, बीउबिजन, सिँचाइको व्यवस्था गनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा रहेको छ । सरकारले किसानको माग […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१६ माघ । तराई मधेसमा जारी किसान आन्दोलनको माग पूरा गर्न मधेशी आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगकी निमित्त सचिव सविता डंगोलले आज विज्ञप्ती जारी गर्दै किसानहरुको आन्दोलनलाई यथाशिघ्र व्यवस्थापन गर्न तीनै तहका सरकारसँग अपिल गरेकी हुन् । बेचिएको उखुको मूल्य अविलम्ब उपलब्ध गराई किसानहरुको समस्या समाधन गर्नुपर्ने राज्यको प्रथम दायित्व रहेकोले […]
न्यूजमधेश डेस्क काठमाडौं,१५ माघ। सत्तारुढ दलहरुबीच आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आज अपराह्न बसेको बैठकमा उक्त सहमति जुटेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। ‘उच्चस्तरीय राजनीतिक संयन्त्रले प्रधानमन्त्रीमार्फत् सरकारलाई सुझाव दिएको छ। संविधानअनुसार कानुनमा संशोधन गर्नुपर्ने भए त्यो तयार गर्न पनि सुझाव दिएको छ। अब सरकारले […]
न्यूजमधेश डेस्क जनकपुरधाम । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका जिल्लाहरुमा जन्जिर (हतकडी) जुलुस निकालेको छ । किसानका माग पुरा गर्न निरन्तर आन्दोलनमा रहेको सो पार्टीले आन्दोलनकारीहरुलाई पक्राउ गर्न थालेको भन्दै जनमत पार्टीले जन्जिर जुलुस प्रदर्शन गरेका हुन् । जनमतका कार्यकर्ताहरुले धनुषा, सिरहा, महोत्तरी, सर्लाही लगायतका जिल्लामा आज दिउँसो हातमा जन्जिर बाँधेर सरकारविरुद्ध नाराबाजी […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,११ माघ । महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले छापा मारेको छ । गाउँपालिका कार्यालयविरुद्ध परेका विभिन्न ३२ वटा उजुरीको आधारमा अख्तियारको टोली अनुसन्धानका लागी छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ । ‘जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरीको आधारमा कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेका […]