०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

पुल नबन्दा आवागमनमा समस्या

न्यूजमधेश डेस्क राजविराज, १७ कार्तिक।दुई साताअघि आएको बाढीले बेल्ही–मल्हनिया सडक खण्डको पक्की पुल भत्काएपछि अहिले आवतजावतमा समस्या हुने गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाअन्तर्गत बेल्ही–मल्हनिया सडक खण्ड जोड्ने जीर्ण भइसकेको पुल बाढीले भत्काएपछि पूर्ण रुपले आवागमन ठप्प भएको हो । यही कात्तिक १ गतेदेखि तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले उक्त पुल […]

न्यूजमधेश डेस्क राजविराज, १७ कार्तिक। कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको अर्नाको एक समूहले सप्तरीको कञ्चनरुप नगरपालिका–४ का दर्जनौँ विघामा लगाइएको धानबाली नष्ट गरेको छ । सो जङ्गली अर्नाको समूहले जिल्लाको कञ्चनरुप नगरपालिका–४ मा किसानले सयौं बिघामा लगाएको धानबाली नष्ट गरेको स्थानीयवासी किशोर पासवानले जानकारी दिनुभयो । दैनिक १०÷१५ वटा सङ्ख्यामा आउने गरेको अर्नाको समूहले स्थानीय […]

न्यूजमधेश डेस्क काठमाडौं,१७ कार्तिक। नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरेको छ । यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरीको केनाइन महाशाखा महाराजगञ्जमा आज आयोजित कार्यक्रममा महाशाखाकी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा देउती गुरुङले कुकुर पुजा एवं पुरस्कृत गर्नुभएको हो । यस वर्ष अपराध अनुसन्धान तथा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ कार्तिक । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रा चरणको आन्दोलन घोषणा गरेको छ । भ्रष्टाचार तथा दमनविरूद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको डा. राउतले बताएका हुन् । आन्दोलन अन्तर्गत दिपावली तथा छठ पर्वलाई लक्षित कार्यक्रम घोषणा गरेको छ । कार्तिक १७ मा टोल टोलमा सरसफाई गर्ने, कार्तिक १८ देखि २६ […]

न्यूजमधेश डेस्क सर्लाही ,१६ कार्तिक । यहाँस्थित मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ ।पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिण वाग्मती नगरपालिका–१२ मा निर्माण गरिएको १२१ विघा क्षेत्रफलका तालमा हालसम्म रु ६० करोड खर्च भइसकेको नगरपालिकाले जनाएको छ । चुरेकै काखमा रहेको उक्त तालमा ३५ सिट क्षमता भएको जेटबोट समेत सञ्चालन गरिएको […]

मदन ठाकुर रौतहट ,१६ कार्तिक । रौतहटमा सवारी दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ। स्थानीय गढीमाई नगरपालिका ६ धरमपुरटोल स्थित वागमतीनदीको पुलमासोमबार राति मोटर साइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको हो। रौतहटको दुर्गा भगवती गाउँपालिकाको बडहर्वा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ३३ वर्षीय रामनिवास यादवको मृत्यु भएको हो। सोमवार राति ८.१५ बजेको […]

न्यूजमधेश डेस्क महोत्तरी ,१६ कार्तिक । दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो । कात्तिक कृष्ण त्रयोदशीको […]

न्यूजमधेश डेस्क राजबिराज, १५ कार्तिक । देशको विकास र सुशासनका लागि जनमत पार्टीको स्थापना गरेको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले बताएका छन् । सप्तरीको कंचनरुप नगरपालिका ३ स्थित बरमझियामा सोमबार जनमत पार्टी नगर समिति कंचनरुपद्वारा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आमसभालाई सम्बोधन गर्दै डा. राउतले देशमा चरम भ्रष्टाचारले […]