न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ असोज । डा सीके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले जनकपुरधाम उप-महानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी पनि गरेका छन् । बाटो बनाउने नाममा खाल्डो खनेर छोडिदिएका कारण नगरको बिभिन्न ठाउँमा पैदल हिंडन समस्या भएपनि उपमहानगरपालिकाले ध्यान नदिएको उनीहरुको भनाई छ । उनीहरु भ्रष्ट्राचारी मेयर राजीनामा दे ,जनकपुरलाई नरकपुर बनाउन बन्द […]
न्यूजमधेश डेस्क काठमाडौं ,१८ असोज। भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरीमा किसानविरूद्ध भएको हिंसाविरुद्ध ऐक्ववद्धता जनाउन त्यहाँ गएकी उनलाई स्थानीय प्रहरीले हरगाँव सीमामैं रोकेर हिरासतमा लिएको छ । गान्धीलाई सितापुर हिरासतमा राखिएको बीबीसी हिन्दीले जनाएको छ । गान्धीलाई पक्राउ गरेपछि उनका समर्थकले तत्काल उनको रिहाइ गर्न माग गरेका छन् […]
न्यूजमधेश डेस्क बुटबल ,१८ असोज । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । गएराती रुपन्देहीको शुद्धोधन–३ बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता– ३ का अवदेश चमारको हत्या भएको हो । सोही उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी चमारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । […]
न्यूजमधेश डेस्क काठमाडौं ,१८ असोज । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा सोमबार सुनुवाई गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त मुद्दा पेशीमा चढेको हो । दुवै पूर्वप्रधानमन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी […]
श्रवण देव जनकपुरधाम ,१८ असोज । ५ असोजमा यहाँ एकै दिन तीन जनाको डुबेर मृत्यु भयो । यसमध्ये दुई जना बालिका थिए भने एक युवती । खडक नगरपालिका वडा नम्बर ८ मुसहरनियाँमा तीन वर्षीया एलिजाकुमारी चौधरीको घर नजिकैको आफ्नै पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भयो भने तिलाठी कोइलाडी गाउँपालिका–२ लौनिया बस्ने १२ वर्षीया सबना खातुनको […]
श्रवण देव जनकपुरधाम ,१८ असोज । उच्च अदालत जनकपुरले जनकपुरको रामानन्द चोकमा बम विस्फोटमा संलग्न सञ्जय साह ‘टक्ला’लाई ज्यान मार्ने उद्योग गरेको आरोपमा १२ वर्षको कैद सजाय घटाएर ७ वर्ष बनाएको छ । न्यायाधीशहरु धीरबहादुर चन्द र रमेश ढकालको इजलासले ज्यान मार्ने कसुरको हकमा सजाय घटाएको हो । बम विस्फोट गराई व्यक्ति हत्या गरेको हकमा […]
न्यूजमधेश डेस्क विरंगज ,१८ असोज । आफ्नै भवन नहुँदा मुलुककै व्यापारिक नगर वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) विगत १८ वर्षदेखि अस्तव्यस्त छ । हालसम्म पनि भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयमा पर्याप्त मात्रामा कार्यकक्ष (कोठा) नहँुदा सेवाप्रवाहमा समस्या भएको कार्यालयले जनाएको छ । कार्यालयका लागि आवश्यक कोठा नहँुदा साँघुरो भवनबाट सेवाप्रवाह गर्दै आइरहेको वीरगञ्जस्थित यातायात व्यवस्था […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ असोज। प्रदेश २ सरकारले अघि सारेको मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गर्न साइकल खरिदमा अनियमितता भएको विषयमा चर्चा भइरहँदा त्यही कार्यक्रम अन्तर्गतको ‘छोरी शिक्षा बीमा’मा पनि ब्यापक अनियमितता भएको पाइएको छ । मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान नाम दिएर निकै नै तामझामका साथ ल्याइएको […]