न्यूजमधेश डेस्क काठमाडौं ,१५ असोज। संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गर्नुभएको हो । काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा जानुभएको थियो […]
न्यूजमधेश डेस्क सिरहा ,१५ असोज । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको, अनुज्ञापत्र नलिई सञ्चालन भएको पाइएपछि सप्तरीका पाँच र […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१५ असोज।डा सीके राउत नेतृत्वको जनमत पार्टीले बिदेह नगरपालिकामा मोटरसाइकल जुलुस निकालेको छ। शुक्रबार जनमत पार्टीका विदेह नगरपालिकाका संयोजक धिरज मण्डलको नेतृत्वमा मोटरसाइकल जुलुस निकाल्नु भएको हो। सो मोटरसाइकल जुलुससहित बिदेह नगरपालिका वडा नम्बर ६ तिनकौरिया बजारस्थित रहेको पार्टी कार्यलयबाट सुरु भएको जुलुस नगरपालिकाका सम्पुर्ण वडाहरु परिक्रमा गरि पुर्ण पार्टी कार्यलय आएर जुलुस […]
न्यूजमधेश डेस्क सर्लाही,१५ असोज।सर्लाहीकाे लालबन्दी १५ का स्थानीय मन्दिर संरक्षणमा जुटेका छन् । साे वडाकाे माथिल्लाे देउराली स्थित फुलजाेर खाेला किनारमा रहेकाे सिद्देश्वर मन्दिर संरक्षणका लागि समिती बनाएरै स्थानीय मन्दिरकाे संरक्षणमा जुटेका हुन् । यहाँ स्थित साे मन्दिर परिसरमा अहिले जमिन सम्याउने काम भएकाे छ । धार्मिक अास्था बाेकेकाे साे मन्दिर संरक्षणमा कसैले चासाे नदिएपछि […]
न्यूजमधेश डेस्क काठमाडौं,१५ असोज।एकजना मानिसले अधिकतम कतिवटा सम्म भाषामा बोल्न तथा लेख्न सक्दछ होला ? कुनै मानिसले ४/५ वटा भाषा जानेको भन्ने सुन्दा पनि हामी छक्क पर्छौ । तर ग्रिसका एक व्यक्ति भने ३२ वटा भाषा बोल्न सक्दछन् । पेसाले अनुवादक रहेका आयोअन्निस इकोनोमु सायद हाल विश्वमा सबैभन्दा धेरै भाषामा फरर्र बोल्नसक्ने व्यक्ति हुन् । […]
न्यूजमधेश डेस्क काठमाडौं ,१४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, टोमास हाइनरिस प्रिन्च, तोरुन ड्रामदाल र जिल बुरबाओले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो […]
न्यूजमधेश डेस्क भैरहवा ,१४ असोज। रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु¥याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ । माइती नेपालको रुपन्देही शाखाले मानव बेचबिखनका घटना नरोकिएको जनाएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ का दुई महिना साउन […]
न्यूजमधेश डेस्क काठमाडौं,१४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो । बैठकमा संसद् […]