न्यूजमधेश डेस्क सिरहा ,१७ भाद्र । सिरहामा हालसम्म एक लाख ६२ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । विसं २०७७ माघदेखि सुरु भएको खोप अभियानअन्तर्गत हालसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सनको गरी विभिन्न चरणमा एक लाख ६२ हजार जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताउनुभयो । प्रमुख यादवका अनुसार सिरहामा […]
न्यूजमधेश डेस्क काठमाडौं,१७ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ । सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसैगरी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका […]
न्यूजमधेश डेस्क रौतहट ,१७ भाद्र। सामुदायिक विद्यालयका विद्यार्थीलाई दिइने दिवा खाजाको रकममा शिक्षा समिति र जनप्रतिनिधिले आफूखुसी गरेको खुलेको छ । प्रोत्साहनस्वरूप सरकारले ल्याएको दिवा खाजा कार्यक्रमको रकम स्थानीय तहले नियमविपरीत निकासा गरेका हुन् । महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा रौतहटको परोहा, फतुवाविजयपुर, गरुडा, दुर्गाभगवती र यमुनामाई नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा नियमविपरीत दिवा खाजाबापतको ४ […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ भाद्र । प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदले लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् । सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण साह, जयनुल राइन, अलका […]
न्यूजमधेश डेस्क काठमाडौं ,१७ भाद्र । कोरोना संक्रमण दर कम भएसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाइएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि लगाइएको निषेधाज्ञा चार महिनापछि हटाइएको हो । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारको हिजो बसेको बैठकले स्वास्थ्य मापदण्ड अपनाउने गरी भोलिदेखि निषेधाज्ञा हटाउने निर्णय गरेका हुन । पछिल्लो समय काठमाडौं […]
पहिले बालबच्चा मोटाघाटा भए आमाबुवा सन्तुष्ट हुन्थे । छोराछोरी ‘खाइलाग्दा ज्यानका’ भए भनेर दंग पर्थे । त्यसबेला बच्चाहरु घरबाहिर खेल्ने, उफ्रने, दौडने गर्थे । जंकफुड सहजै उपलब्ध हुँदैनथ्यो । र, उनीहरुको शरीर भद्दा देखिदैनथ्यो । अहिले भने बच्चाहरुको मोटोपन आमाबुवाको लागि टाउको दुखाइको विषय बन्न थालेको छ । बच्चाहरु अस्वभाविक मोटाएका छन् । उनीहरुको शरीर […]
न्यूजमधेश डेस्क काठमाडौं,१७ भाद्र । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशको प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज देशको केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम […]
न्यूजमधेश डेस्क काठमाडौं ,१६ भाद्र । अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट उद्धार गरिएका नौ जना आज यहाँ आइपुगेका बताएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त […]