न्यूजमधेश डेस्क काठमाडौं ,२१ भाद्र । भाद्रकृष्ण औँसीमा दिवङ्गत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान आज र बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म मङ्गलबार गर्नुपर्ने छ। अपराह्नमा औँसी भएका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार यस्तो निर्णय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार आज बिहान सूर्योदय ५स्४५ बजे भएको छ। […]
न्यूजमधेश डेस्क काठमाडौं ,२० भाद्र । ईडीभी परेका व्यक्तिले अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको छ । अमेरिकी दुतावाससँगको समन्वयमा यसरी नक्कली कागजात बनाउने कार्यमा […]
न्यूजमधेश डेस्क सिरहा ,२० भाद्र।प्रदेश २ सिरहा जिल्लाको विभिन्न स्थानबाट तीन जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेका छ्न । पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका वडा नम्वर ६ वस्ने २६ वर्षीय संजय कुमार यादव, सिरहाकै लहान नगरपालिका वडा नम्वर २० हरीनगर वस्ने ५८ वर्षीय चन्देश्वर ठाकुर र सिरहाकै भगवानपुर गाउँपालिका वडा नम्वर ४ वस्ने २९ वर्षीय […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० भाद्र । प्रतिनिधिसभामा विचाराधीन नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै नवलपरासीमा नागरिकता विहिन नागरिकहरुले प्रदर्शन गरेका छन् । जन्मसिद्ध नागरिकता पाएका अभिभावकका सन्तानलाई चाँडो वंशजका आधारमा नागरिकता दिलाउन विधेयक पारित गराउन माग गर्दै नागरिकता विहिनहरुले आइतबार प्रदर्शन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउन गएका […]
न्यूजमधेश डेस्क काठमाडौं ,२० भाद्र । सशस्त्र प्रहरी बलको पोशाक खरिदमा करोडौं घोटाला भएको पाइएको छ । महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनमा यस वर्षभित्र भएका पोशाक खरिद प्रक्रिया र अनियमितताको विषयमा व्यापक घोटाला भएको पाइएको हो। महालेखाका अनुसार यो वर्ष कार्यालय सामान, जिप, बुट, चुस्ता, स्लिपिङ ब्याग, उद्दार सामग्रीलगायत विभिन्न ३६ वटा बोलपत्र र शिलवन्दी […]
न्यूजमधेश डेस्क बाँके,२० भाद्र । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को इन्स्पेक्टर भन्दै मान्छेलाई धम्क्याउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान जिल्ला दार्माकोट गापा २ बस्ने ३२ बर्षीय दिपेन्द्र रोकाया रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरले शनिबार बाँके बसपार्क एरियाबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका रोकायाले […]
न्यूजमधेश डेस्क वीरगञ्ज ,२० भाद्र। पर्साको ठोरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पर्सा हेल्थ क्लिनिकको आयोजना सञ्चालित शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा बालकदेखि ९२ वर्षका वृद्धसम्मले स्वास्थ्य जाँच गराएको शिविरको संयोजन गरेका पत्रकार नवराज फुयाँलले बताए । फुयाँलका अनुसार शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो […]
न्यूजमधेश डेस्क महोत्तरी ,२० भाद्र। महोत्तरीमा रुखबाट लडेर ६२ वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–३ मा घर भएका स्थानीय ६२ वर्षीय खोबारी खानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । उहाँले आफ्नै बारीकोे रुखको हाँगा काट्नेक्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र जिल्ला […]