न्यूजमधेश डेस्क काठमाडौं,२२ असार । अन्ततः निर्वाचन आयोगलाई साक्षी राखेरै जनता समाजवादी पार्टी(जसपा)का नेताहरूले एकै पार्टीमा नरहने औपचारिक घोषणा गरेका छन् । २०७७ वैशाख ११ गते रातारात एकीकृत भएको जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोको सत्ता मोह तथा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको सत्ता विरोधी मोर्चासँगको हिमचिमले पार्टी विभाजित हुने तहमा पुगेको हो […]
न्यूजमधेश डेस्क काठमाडौं ,२१ असार । कुनै सरकारी कार्यालयका हाकिम तथा अन्य कर्मचारीले केही काम गरिदिएबापत वा काम गर्न तपाईसँग घुस मागेर हैरान पारेका छन् ? यदि कसैले त्यसरी घुस मागेर हैरान पारेका छन् भने तुरुन्त अख्तियारमा खबर गरेमा अख्तियारले पक्राउ गरी कारबाही चलाउने अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । अख्यिारले त्यस्तै सूचनाका अधारमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,२१ असार। निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । एक अधिकारीका अनुसार सोमबार दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक हुनेछ । जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग भएपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको थियो । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम चरणमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२० असार।धनुषाको उत्तरी पुर्वी भेगमा रहेका गणेशमान चारनाथ नगरपालिकाको आज भएको छैठौं नगर सभा भङ्ग गर्न माग गर्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु धर्नामा बसेका छ्न। बन्द कोठामा नगरसभा गरेको र आम नगरबासीलाई सहभागी नगराएको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताले विरेन्द्रबजारस्थित नगरपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गर्दै नगरसभा भङ्ग हुनुपर्ने माग गरेका हुन् […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० असार। डा सीके राउत नेतृत्वका जनमत पार्टीका समर्थक हरि मुखियाको शनिबार असमाहिक निधन भएको छ। धनुषाको कमला नगरपालिका ४ घर भएका हरि मुखियाको ५३ वर्षकै उमेरमा आफ्नै गाउँको बरेर्वाको दक्षिण बारी टोलमा गएराती निधन भएको बिलाश मुखियाले जानकारी दिएका छ्न। मुखियाको असमाहिक निधनको खबरले जनमत पार्टी कमला नगरपालिका परिवार स्तब्ध भएका […]
न्यूजमधेश डेस्क विराटनगर,१९ असार। श्रीमतीलाई काठको मुङ्ग्रोले हिर्काइ हत्या गरेकाे अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलबारी नगरपालिका ७ का ५६ वर्षीय अम्बिका घिमिरे रहेका छन्। उनले शुक्रबार राति मदिरा सेवन गरी सुतिरहेकाे अवस्थामा ४८ वर्षीया श्रीमती सीता घिमिरेलाई हत्या गरेको बताइएको छ। हत्यापछि फरार अम्बिकालाई प्रहरीले शनिबार बिहान घर नजिकैको खाली […]
न्यूजमधेश डेस्क काठमाडौं ,१९ असार । अविरल वर्षापछि आग्रा र महेश खोलामा आएको ठूलो बाढीले गएराति थाँक्रे गाउँपालिका—२ र ११ जोड्ने सिम्ले महेशखोलामा भर्खरै ढलान सम्पन्न भएको पक्की पुल बगाएको छ । अविरल वर्षाका कारण आग्रा खोलामा आएको बाढीले खोला किनारमा बसेका १३४मजदूर परिवारको बिचल्ली भएको छ ।सबै मजदूरलाई राति नै उद्दार गरी सुरक्षित ठाउँमा […]
न्यूजमधेश डेस्क महोत्तरी ,१९ असार । लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका भदौरे तरकारीका बेर्ना, सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो । बारीमा भाण्टा, खोर्सानी र अरु तरकारीका बोट वर्षाको पानीले सोत्तर बनाएको छ । त्यसैगरी रायो, […]