न्यूजम्धेश डेस्क महोत्तरी ,२५ असार । बर्दिवासमा एक व्यक्तिलाई ज्यान मार्ने उद्देश्यले छुरा प्रहार गरी भागेका अभियुक्त घटनाको छ महिनापछि पक्राउ परेका छन् । गत पुस २२ गते बर्दिवास–१ स्थित नेहा खाद्य उद्योगमा कार्यरत कामदार रामधारी चौधरीलाई छुरा हानेर भागेका जिल्लाकै रामगोपालपुर नगरपालिका–४ का शत्रुधन राय यादवलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको […]
न्यूजमधेश डेस्क ताइपेइ,२५ असार । जापानले ताइवानलाई कोरोनाभाइरस विरुद्धको ११ लाख ३० हजार खोप प्रदान गरेको छ । जापानले ताइवानलाई अस्ट्राजेनिका खोप प्रदान गरेको अधिकारीहरुले जानकारी दिएका छन् । बेलायत र स्वीडेनको बायोटेक कम्पनी अष्ट्राजेनिकाले विकास गरेको खोप उत्पादन गर्ने अनुमति पाएर जापानले उत्पादन गरेको हो । ताइवानका स्वास्थ्य मन्त्री चेन सिह चुङले खोपका बारेमा […]
गोपाल प्रसाद बराल महोत्तरी ,२५ असार ।मध्य असारसँगैको मुसलधारे वर्षा र त्यससँगैको बाढी र डुबानको पानी घट्दै गएपछि जिल्लाको जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरको बभनटोलीका किसान सघन रोपाइँमा लागेका छन् । वरपर अन्य बस्तीमा जन ९कृषि काम गर्ने श्रमिक० नपाएर किसान छट्पटिएका बेला यहाँका २५ घर किसान भने एकअर्कामा पालोपर्म मिलाउँदै रोपाइँमा व्यस्त भएका हुन् । […]
अजयकुमार साह जनकपुरधाम ,२५ असार । बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ । अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्यारसुसार र सहजरुपमा आमाको न्यानो काखमा हुर्कन पाउन समस्या उत्पन्न भएको […]
न्यूजमधेश डेस्क रुपन्देही,२५ असार । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको कोटहीमाई गाँउपालिकाको एक सडकमा जनमत पार्टीका युवाहरुले बिहिबार हिलाम्मे सडकमा धान रोपेका छ्न । असारे बिकासमा फसेका कोटहीमाई गाँउपालिकाका जनप्रतिनिधिहरुले वडा नं २ को भुवरी गाँउको सडक मर्मत गर्नको लागी ध्यान नदिएको भन्दै हिलाम्मे सडकमै धान रोपाई गरेका हुन । रोपाई गर्दै उनीहरुले भने, ‘हरेक बर्षायाममा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ असार । असार मसान्त सकिनै लाग्दा टुक्रे योजनाका जिम्मेवारी लिएका उपभोक्ता समितिहरूलाई काम सम्पन्न गर्ने चटारो छ। अर्को आर्थिक वर्ष सुरू हुनुअगावै सम्बन्धित कार्यालयमा बील भर्पाइ पेश गर्नुपर्ने भएकाले दिनरात हिलोपानी केही विचार नगरी उपभोक्ता समितिहरू निर्माण कार्यमा जुटेका छन्। सडक, नालाजस्ता टुक्रे काम गरिरहेका उपभोक्ता समितिहरूले कतिपय स्थानमा वर्षाकै बीच […]
शिव अधिकारी यदुवंशी काठमाडौं,२५ असार ।प्रदेश २ मा अपराधको अवस्था भयावह बन्दैँ गएको तथ्याङ्कले देखाएको छ। आयोमेललाई प्राप्त तथ्याङ्कमा एक वर्षमा मात्रै करिब साढे ६ हजार आपराधिक घटनामा १ सय ९ जनाको हत्या भएको हो। आर्थिक वर्ष २०७७र७८ को तथ्याङ्क अनुसार ६ हजार ४ सय ७४ आपराधिक घटनामा १ सय ९ जनाको हत्या भएको हो। […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ असार । प्रदेश २ को आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा रिक्त सदस्यको पदपूर्ति गरिएको छ । प्रदेश सरकारले आमसञ्चार प्राधिकरणमा दुई र मिडिया काउन्सिलमा चार जनालाई सदस्यमा नियुक्त गरेको छ । प्रदेश मिडिया काउन्सिलको सदस्यमा कैलाश दास (धनुषा), अर्जुन मण्डल (धनुषा), रिंकु मिश्र (धनुषा) र बन्दना झा (सर्लाही) लाई नियुक्त गरिएको […]