न्यूजमधेश डेस्क सर्लाही ,३० जेष्ठ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ । प्रशासनले मल वितरणमा लगाएको रोक एक साता नपुग्दै फुकुवा गरेको हो । कोटाभन्दा बढी मल वितरण भएको भन्दै रोक लगाएको प्रशासनले उखु तथा मकै किसानको गुनासोपछि वितरण फुकुवा गर्न आदेश दिएको हो । एक साताअघि धानको मुख्य […]
गोपालप्रसाद बराल महोत्तरी,३० जेष्ठ । जेष्ठ सकिन लाग्दासमेत धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालि अन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् । बीउको अभावले मुख्य बाली मानिएको धान ठिक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्नसक्ने आशङ्काले पिरोलिएका हुन् । यसपालि वैशाखी तरकारी कोरोना सन्त्रास छल्न जारी निषेधाज्ञाले बजार पु¥याउन नसकेर बोटमै बुढिनु, […]
न्यूजमधेश डेस्क रौतहट ,३० जेष्ठ । प्रदेश २ का रौतहटमा श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरेका छन्। घरायसी विवादमा एसिड प्रहार गरिएको प्रहरीले जनाएको छ। रौतहटको चन्द्रपुर नगरपापिलका-४ की ३८ वर्षीया दिपिका विकलाई उनका ४२ वर्षीय श्रीमान दिपक विकले एसिड प्रहार गरेका हुन्। पीडित महिलाको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ जेष्ठ । यहाँका व्यवसायीले व्यवसाय सञ्चालन गर्न कोरोना विरूद्धको खोप उपलब्धका लागि स्थानीय प्रशासनसँग आग्रह गरेका छन् । जनकपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले आज यहाँ प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालाई ज्ञापन पत्र बुझाउँदै ४० दिनदेखि बन्दाबन्दीले उद्योग र व्यापार धरासायी हुन लागेकोतर्फ ध्यानाकर्षण गराएका छन् । व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गर्दे […]
न्यूजमधेश डेस्क महोत्तरी,२९ जेष्ठ । महोत्तरीको नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब आठ लाख नगद बरामद गरेको छ । जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डास्थित दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले सात लाख पाँच हजार ५५० नगद आज बरामद गरेको हो । सीमावर्ती भारतीय गाउँ गोराहारीबाट मोटरसाइकल चढेर नेपालतर्फ आएका एक व्यक्तिले सीमाक्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि उक्त रकम […]
न्यूजमधेश डेस्क विरगंज ,२९ जेष्ठ । पश्चिमी पर्साको कालिकामाई गाउँपालिकाको मुडली र तुल्सीवर्वाको बीचमा सिक्टा नदीमा निर्माण भएको झोलुङ्गे पुल भत्किन शुरु गरेको छ । सिक्टा नदीमा साढे ७८ लाख रुपैयाँको लागतमा २०७५ असार २५ गते निर्माण सम्पन्न भएको ९८ मिटर लामो र चार फिट चौडाइको सो झोलुङ्गे पुल भत्किन शुरु गरेको हो । भौतिक […]
न्यूजमधेश डेस्क सर्लाही ,२९ जेष्ठ । सर्लाहीको दक्षिणी भेगका ग्रामीण बस्तीमा अझैपनि परम्परागत गुइँठाको प्रयोग भैरहेको छ । नजिक जङ्गल नभएका बस्तीहरुमा पशुचौपायको गोबरबाट गुइँठा बनाएर आगो बाल्ने गरिएको हो । गोडैता, बरहथवा, बसबरिया, चक्रघट्टा, विष्णु, ब्रसदरमुकाम मलङ्गवा सहित कौडेना, बलरा, ह्मपुरी, पर्सा, हरिपूर्वा लगायतका स्थानीय तहको प्रत्येक जसो बस्तीमा अधिकांश स्थानीयले खानाबनाउन गुइँठाको प्रयोग […]
न्यूजमधेश डेस्क राजविराज ,२९ जेष्ठ । सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीयलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायब निरीक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई नेपाल प्रवेश गर्न […]