न्यूजमधेश डेस्क जनकपुरधाम ,३१ जेष्ठ । डा सीके राउत नेतृत्वका जनमत पार्टीका जनवर्गीय संगठन विद्यार्थी जनमत संघ धनुषाले शहिदनगर नगरपालिकामा रक्तदान कार्यक्रम गरेको छ। सोमबार शहिदनगर नगरपालिका वडा नम्बर १ कुम्भकरणमा विद्यार्थी जनतम संघ धनुषाको अध्यक्ष विजय यादवको अध्यक्षतामा २२ जनाले रक्तदान गरेको छ । कोरोना भाइरसको दोस्रो लहरको कारण लामो समयदेखि बन्दाबन्दी भएको कारण […]
न्यूजमधेश डेस्क जनकपुरधाम,३१ जेष्ठ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषा जिल्ला अध्यक्षमा ओमबिक्रम कुशवाहालाई मनोनीत गरेको छ । सोमबार पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले जेष्ठ २२ गते बसेको केन्द्रिय कार्यकारिणी समितीको बैठकबाट निर्णय भए अनुसार ६ महिनाको लागि जनमत पार्टीको जिल्ला समन्वय समिती धनुषा अध्यक्षमा ओमबिक्रम कुशवाहालाई नियुक्त गरेको छ । त्यसैगरी जिल्ला […]
न्यूजमधेश डेस्क काठमाडौं ,३१ जेष्ठ ।थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको छ । गत नौ दिनदेखिको ज्वरो कम नभएपछि उहाँलाई आज बिहान थापाथलिस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्रो […]
न्यूजमधेश डेस्क विरगंज ,३१ जेष्ठ । पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाएका छन् । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाउन गरेको निर्देशनानुसार पर्सामा गत शुक्रबार र शनिबार सञ्चालन गरेको खोप केन्द्रबाट लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र खोप लगाएका हुन् […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३० जेष्ठ । आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम आज पारित भएको हो । सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम पारितको प्रस्ताव गर्दा विपक्षमा कोही नबोलेपछि नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको घोषणा गर्नुभयो । त्यसअघि मुख्यमन्त्री लालबाबु राउतले […]
न्यूजमधेश डेस्क सप्तरी,३० जेष्ठ ।सप्तरीमा व्यापारी दम्पतीको हत्याका फरार आरोपित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका ३९ वर्षीय बब्लु मण्डल सात वर्षपछि आइतबार पक्राउ परेका छन्। हनुमाननगर कङ्कालिनी नगरपालिका हनुमाननगर बजारकी ५२ वर्षीया सरोजदेवी वेगवानी र उनका श्रीमान ५५ वर्षीय प्रेमसुख बेगवानीको हत्या आरोपमा फरार आरोपित मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। पसलसँगै […]
न्यूजमधेश डेस्क लहान ,३० जेष्ठ । सिरहाको गोलबजार नगरपालिकाले कोभिड–१९ सङ्क्रमितको उपचारार्थ सञ्चालन गरेको गोलबजार अस्थायी कोभिड अस्पताल लागि करिब रु ४५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । विकास निर्माणको बजेट कटौती गरी नगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पताललाई अमेरिकाको मिचिगनस्थित हेल्पिङ ह्याण्ड नेपाल च्याप्टरले स्वास्थ्य सेवा तथा उद्धार सङ्घ […]
न्यूजमधेश डेस्क काठमाडौं ,३० जेष्ठ । कोरोन सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने सङ्घले जनाएको छ । सङ्घले आज नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो । सङ्घले दोस्रो […]