१४ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

लागुऔषधसहित दुई भारतीय पक्राउ

न्यूजमधेश डेस्क कञ्चनपुर, २५ वैशाख ।लागुऔषधसहित बेलौरी नगरपालिका–१० भुडास्थित ३३ नं सीमा स्तम्भ नजीक पैदल हिँडदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका २५ वर्षीय राजु भनिने राजेन्द्र सिंह र राजिस्थानका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ बैशाख । जनकपुरधाममा ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएपछि क्लोथ बैङ्क जनकपुरधामले घर—घरमै परीक्षण कार्य शुरू गरेको छ । सोका लागि बैङ्कद्वारा बिरामीको घरमै पुगेर परीक्षण गर्नका लागि एक जना सहायक चिकित्सक परिचालन गरिएको जनाइएको छ । बैङ्कका अध्यक्ष राजीव झाका अनुसार सहायक चिकित्सकले घरमै गई अक्सिजन लेवल , ज्वरो जाँच्नुका […]

न्यूजमधेश डेस्क नेपालगञ्ज ,२५ बैशाख । बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो । सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर […]

न्यूजमधेश डेस्क सप्तरी,२४ बैशाख । कोरोना भाइरसको दोस्रो लहरमा भएका संक्रमितको उपचारका लागि सप्तरीको बोदे बर्साईन नगरपालिकामा २० बेडको आइसोलेसन ५ दिनदेखि सञ्चालनमा रहेको छ । बोदेबर्साइन नगरपालिकाका मेयर आतेश सिंह यादवले भने , नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको स्वास्थ्य चौकीको भवनमा २० बेडको आइसोलेसन ५ दिनदेखि सञ्चालनमा रहेको छ । कोरोना भाइरसको संक्रमण […]

न्यूजमधेश डेस्क सर्लाही ,२४ बैशाख । नेपाल भारत सीमा नाका नजीकका पसलमा दैनिक ठूलो सङ्ख्यामा मादक पदार्थ सेवन गर्न मानिसहरु आउने गरेका छन् । सर्लाहीमा भारतसँग सीमा जोडिएको ५१ किलोमिटर सीमा क्षेत्र रहेको छ । सबैजसो सीमावर्ती क्षेत्रमा मदिरा पसल भने पहिलेकै अवस्थामा सञ्चालन भइरहेका छन् । पछिल्लो समय सीमा क्षेत्रमा थुप्रै स–साना मदिरा पसल […]

न्यूजमधेश डेस्क कैलाली ,२४ बैशाख । कोरोनाको दोस्रो लहर शुरु भएसँगै दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्य सुरक्षाका लागि कैलाली जिल्लामा पनि अहिले निषेधाज्ञा जारी भएको मौका छोपेर केही व्यापारीहरुले बजारमा सामानको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका छन् । नियमनकारी निकायले बजार अनुगमन नगर्दा कतिपय व्यापारीले उपभोक्तालाई ठगेका छन् । कोरोनाको सङ्क्रमण […]

न्यूजमधेश डेस्क काठमाडौं ,२४ बैशाख । संसद्‌मा सत्ता समीकरणको जोडघटाउको अनिश्चयले आगामी आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम र बजेटलाई पनि कस्तो प्रभाव पर्ला भन्ने सम्भावित परिदृश्यको अड्कलबाजी बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा संसद्‌मा विश्वासको मत लिने तयारी गरेपछि बितेका महीनाहरुको राजनीतिक खिचातानी उत्कर्षमा पुगेको छ। संसद्‌मा सत्ता समीकरणको जोडघटाउको अनिश्चयले आगामी आर्थिक […]

न्यूजमधेश डेस्क काठमाडौं , २४ बैशाख । भारतमा बिहीबार राति उडिरहेको हवाईजहाजको पांग्रा खसेको छ। नागपुरबाट बिरामी बोकेर उडिरहेका बेला अचानक एउटा पांग्रा खसेको हो। पांग्रा खसेपछि विमान मुम्बईमा सुरक्षित रूपमा आकस्मिक अवतरण गरिएको बीबीसीले जनाएको छ। नागपुरबाट दुई चालक, एक बिरामी र उनका आफन्त लिएर उडेको एक बीचक्राप्ट जहाजको उड्नेबित्तिकै पांग्रा खसेको थियो। त्यसपछि […]