न्यूजमधेश डेस्क कैलाली ,१६ बैशाख । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि आज बिहानबाट एक साता निषेधाज्ञा लागू गरिएको छ। कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेकाले निषेधाज्ञा लागू गर्नु परेको दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जनाएका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको अध्यक्षमा मंगलबार बसेको बैठकले निषेधाज्ञाको निर्णय गरेको थियो। त्यस्तै, कोरोनाको संक्रमण समुदाय स्तरमै […]
न्यूजमधेश डेस्क काठमाडौं ,१६ बैशाख । कोरोनाभाइरसको संक्रमण बढेपछि आज बिहान ६ बाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको छ। निषेधाज्ञा लागू भएसँगै राजधानी सुनसान बनेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लागू गरेका हुन्। उनीहरूले आज बिहान ६ बजेदेखि लागूको गरेको निषेधाज्ञा दुई सातासम्म जारी रहनेछ। मन्त्रिपरिषद्को बैठकले कोरोनाको चेन ब्रेक गर्न […]
न्यूजमधेश डेस्क काठमाडौं ,१६ बैशाख । कोरोना भाइरस ( कोभिड—१९ ) का कारण गतवर्ष झैँ यसपटक पनि देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञाका कारण निर्माण क्षेत्र समस्यामा पर्नेभएको छ । व्यवसायीले भोग्दै आएको म्याद थपको समस्या थप पेचिलो बन्ने सङ्केत देखिएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । यसअघि नै वैज्ञानिक ढङ्गले म्याद थप नहुँदा चर्को […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१६ बैशाख । धनुषाका एक युवा एवं विद्यार्थी नेताले आफ्नो जन्मदिनमा बालबालिकालाई शैक्षिक समाग्री वितरण गरेका छन् । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिने, महंगो केक काट्ने, साथीभाई जम्मा गरि भोजभत्तेर समेत आयोजना गरी फजुल खर्च गर्ने क्रम बढी रहेकै बेला जिल्लाको विदेश नगरपालिकाका एक युवा नेताले भने आफ्नो जन्मोत्सवमा सामाजिक […]
न्यूजमधेश डेस्क काठमाडौं,१५ बैशाख । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको हो । मंगलबार नेपाली बजारमा छापावाल सुन तोलामा ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने तोलामा सात सय रुपैयाँ घटेर ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]
न्यूजमधेश डेस्क काठमाडौं,१५ बैशाख । सरकारले जनता समाजवादी पार्टीसँग भएको समझदारीअनुसार जसपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता पार्वत गुरुङले बुधबार दिएका हुन्। गुरुङका अनुसार जसपाका १२० जना नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिइएको छ। जसपाका नेता तथा कार्यकर्ताका १५ वटा मुद्दा […]
न्यूजमधेश डेस्क कंचनपुर ,१५ बैशाख । प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर फिर्ता पठाएको हो । गत १४ महिनाको अवधिमा भारततर्फ प्रलोभनमा परेर लग्दै गरेका महिलाको सीमानाकामा रोकथाम गरिएको माइती नेपालका कञ्चनपुर संयोजक […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ बैशाख । संघीय सांसद प्रदिप यादवले एम्बुलेन्स तथा शव वाहन हस्तान्तरण गरेका छन् । आफ्नो संसदीय विकास कोषबाट खरिद गरिएको शव वाहन वीरगञ्ज महानगरपालिकामा उद्घाटन गरी हस्तान्तरण गरेका हुन् । आज एक कार्यक्रमकाबीच एम्बुलेन्स शव वाहन उपलब्ध गराइएको सांसद यादवले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।