न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ फागुन । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तरगत जनकपुरधाममा भई रहेको विकास निर्माण कार्यको आज विहान मेयर लालकिशोर साहले अनुगमन गरेका छन् । उप–महानगरको वडा ४ तथा ७ र ८ मा भई रहेको सडक तथा नाला निर्माणको आज विहान जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह, उप मेयर रीता झा, प्रमुख […]
न्यूजमधेश डेस्क विराटनगर,१४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । कारवाही परी बन्द […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ फागुन । पूर्व राष्ट्रपति डा. रामवरण यादवले सम्पूर्ण राजनीतिक दललाई लोकतन्त्र मजबुत बनाउन विधि विधान अनुसार आगडि बढन आग्रह गरेका छन्। गान्धिवादी नेता महेन्द्रनारयाण निधिको ९९औँ जन्मजयन्तीको अवसरमा बोल्दै उनले भने, ‘राजनीतिक दलहरु विधि विधान अनुरुप चल्न नसकेकै कारण लोकतन्त्रमाथि पटक पटक प्रहार हुँदै आइरहेको छ।’ पूर्वराष्ट्रपति यादवले राजनीतिक पार्टीहरु आफ्नो […]
न्योजमधेश डेस्क काठमाडौं,१४ फागुन । सर्वोच्च अदालतले गत ११ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदरको फैसला सुनाएपछि दुई अध्यक्षले एक–अर्कालाई लड्डु खुवाएर उत्सव मनाए । त्यो उत्सवमा खुसियालीभन्दा धेरै उत्ताउलोपन देखियो, जुन दृश्यले नेकपाभित्रैका धेरै नेता–कार्यकर्ताको आँखा बिझायो । पार्टी नेतृत्वका बारम्बारका यस्ता हर्कत धेरै नेता–कार्यकर्ताजस्तै दाहाल–नेपाल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य […]
न्यूजमधेश डेस्क काठामाडौं,१४ फागुन । तत्काल पार्टी विभाजन नगर्ने र राजीनामा पनि नदिने निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संसद् अधिवेशन फेस गर्न दुई रणनीति अख्तियार गरेका छन् । प्रतिनिधिसभा विघटन गर्दा उनले तर्क गरेका थिए, म ६४ प्रतिशत संसदको समर्थन प्राप्त प्रधानमन्त्री हुँ, मैले राजीनामा दिए संसदबाट फेरि सरकार बन्न अवस्था रहँदैन । […]
न्यूजमधेश डेस्क काठमाडौं ,१४ फागुन । सरकारले पूर्व-पश्चिम रेलमार्गको पूर्वी खण्डको ठेक्का फेरि लगाउन कसरत थालेको छ । रेल विभागले झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म १०६ किलोमिटर रेलमार्ग बनाउने प्रक्रिया अघि बढाउन पूर्वतयारीका लागि आधारभूत काम थालेको बताएको छ । विज्ञहरुले पूर्व-पश्चिम रेलमार्गमा नयाँ खण्डमा काम थाल्नुअघि रेलमार्गबारे राजनीतिक तथा प्राविधिक रुपमा विभिन्न निर्णय, अध्ययन र […]
न्यूजमधेश डेस्क काठमाडौं,१३ फागुन । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह । पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को उपविजेता बन्नुभएको थियो । पाककलाका बादसाह सन्तोषको […]
न्यूजमधेश डेस्क काठमाडौं,१३ फागुन । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले फिलिप्सलाई प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई प्रशिक्षकका लागि प्रस्ताव गरेको थियो । फिलिप्स अहिले एन्फाको प्राविधिक निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ । गत वर्ष नेपालमा सम्पन्न […]