राकेश गुप्ता सर्लाही ,१६ फागुन । जिल्लाको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् । गाउँपालिका अध्यक्ष रामअश्रय साहको कोषबाट करिब ९ लाखको लागतमा बन्दै गरेको ९०÷९५ मिटर लामो, १२ फिट चौडाई र ८ इन्च उचाई भएको सडक ढलानमा १ नम्बर ईट्टा लगाउनु पर्नेमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ फागुन । भ्रष्टचारी, तस्कर, गुण्डा नेता राजलाई अन्तगरी जनताको राज स्थापना गर्नकै लागि जनमत पार्टीको जन्मिएको डा सीके राउतले बताए । शनिवार धनुषाको सबैला नगरपालिका स्थित भठियन बजारमा आयोजित प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै राउतले यस्तो बताएका हुन्। ‘मधेसमा अहिले भ्रष्टचारी, तस्कर र गुण्डाको जंगलराज चलिरहेको छ’, उनले भने, ‘त्यही जंगलराज […]
न्यूजमधेश डेस्क जनकपुरधाम, १५ फागुन । जनकपुरधाम उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदबारी दिने शिवम ट्रेडर्सका संचालक अम्भु प्रसाद साहले बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ धनुषाको सभा हलमा पत्रकार सम्मेलन गर्दै साहले उपाध्यक्षमा उम्मेदबारी दिने घोषणा गरेका हुन् । धनुषा जिल्लाका सम्पूर्ण उद्योगी, व्यापारी तथा व्यावसायीहरुको हकहितको संरक्षण तथा सम्वद्र्धन गर्दै […]
न्यूजमधेश डेस्क कैलाली ,१५ फागुन । गेटा आँखा अस्पताल नजिकै आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीय शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो । मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक […]
न्यूजमधेश डेस्क विराटनगर, १५ फागुन । उद्योगी, व्यापारी एवं करदातालाई आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । यो सुविधा फागुन मसान्तसम्म लागू हुने भएकाले सेवाग्राहीले समयमै आआफ्ना कर चुक्ता गरी सुविधा उपयोग गर्न कार्यालय प्रमुख विमल सापकोटाले आग्रह गर्नुभयो । यस सुविधाबाट सरकारले प्राप्त गर्ने राजस्व […]
न्यूजमधेश डेस्क टिकापुर,१५ फागुन । कृषि ज्ञान केन्द्र कैलालीले कृषक समूहलाई खेती उत्पादनमा सघाउने उद्देश्यले कृषियन्त्र पावर टिलर वितरण गरेको छ । ज्ञान केन्द्रले कैलालीको भजनी नगरपालिका–२ रजवाराका गहुँ ब्लक सञ्चालक समिति र जोशीपुर गाउँपालिका–३ मनिकापुर कृषि समूहलाई पावर टिलर हस्तान्तरण गरेको हो । कृषक समूहलाई कृषितर्फ गहुँबाली उत्पादनमा सहयोग पु¥याउन पावर टिलर हस्तान्तरण गरेको […]
न्यूजमधेश डेस्क वीरगन्ज,१५ फागुन । किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुबालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको […]
न्यूजमधेश डेस्क काठमाडौं,१५ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीकालेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उड्नुभएको छ । उहाँले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नु हुनेछ । लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको हो । लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको […]