गोपालप्रसाद बराल महोत्तरी, २६ माघ ।पिताको काख गुमेको पीडा छ, शोक छ, तर उमेरले ५० वर्ष कटेकी शैल साहलाई यसै पीडा र शोकभित्र सन्तान हुनुको गर्वानुभूति छ । बाबुआमाकी एक्ली सन्तान शैललाई अहिले पिताको निधनसँगै उहाँको अरथी आफ्नो काँधमा उठाउने, चितामा दागबत्ती दिने र पारम्परिक मृत्यु संस्कारमा मुख्यकर्ता हुन पाएपछि सन्तान हुनुको गर्वानुुभूति भएको हो […]
न्यूजमधेश डेस्क पर्सा ,२६ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताउनुभएको छ । उहाँले सरकारकोे असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने प्रष्ट पार्नुभयो । कांग्रेस बुथ कमिटी बगहीले आइतबार वीरगञ्ज महानगरपालिका–२८ बगहीमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश […]
न्यूजमधेश डेस्क कलैया,२६ माघ । बारामा ४८ वर्षीया महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । प्रहरीका अनुसार कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको छ । जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको डिएसपी गौतम मिश्रले जानकारी दिए । आइतबार […]
न्यूजमधेश डेस्क काठमाडौं,२६ माघ । आज सुनकाे भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुनकाे भाउ ताेलाकाे ९० हजार ४ सय रुपैयाँ कायम गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । आइतबार सुन तोलाकाे ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो। महासङ्घकाअनुसार आज चाँदीकाे भाउ ताेलामा पाँच रुपैयाँले बढेको छ । आइतवार एक […]
न्यूजमधेश डेस्क काठमाडौं ,२६ माघ।छुट्टी हुनासाथै उनी झोला भिरेर हिँडिहाल्थिन् । अरु साथीहरू यताउता भुल्दा पनि यी किशोरी हतारमै हुन्थिन् । २१ माघमा पनि उनमा यो हतारो छँदै थियो । आमालाई घरमा सघाउनु छ भन्दै साथीहरूलाई समेत छोडेर भागरथी भट्ट अगाडि लम्केकी थिइन् । ‘घरमा आमा एक्लै हुनुहन्छ । घर पुगेर कति धेरै काम गर्नु […]
न्यूजमधेश डेस्क विराटनगर ,२६ माघ। एक महिलालाई दुरव्यवहार गरेको आरोमा नेपाल टेलिकमका एक कर्मचारी विराटनगरबाट आइतबार पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नम्वर ५ का ५३ वर्षीय नारायण कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । उनी टेलिकमको विराटनगर कार्यालयमा कार्यरत सहायक अधिकृत रहेको प्रहरीले जनाएको छ । महिलामाथि दुरव्यवहार गरेको घटना सार्वजनिक भएपछि पक्राउ गर्न […]
न्यूजमधेश डेस्क काठमाडौं,२५ माघ । व्यवस्थापन विषयमा शैक्षिक संस्था छनोटका लागि एकै थलोबाट सहजरुपले परामर्श सेवा प्रदान गर्ने उद्देश्यले दुईदिने शैक्षिक मेला ‘टेक्सास म्यानेजमेन्ट एण्ड आइटी एक्सपो’ आयोजना गरिएको छ । शैक्षिक परामर्श सेवा दिँदै आएको युनिभर्सल थट कन्सल्ट युटिसीले कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको मेलामा काठमाडौँका व्यवस्थापन सङ्काय अध्यापन गराउने ३१ कलेज सहभागी छन् […]
न्यूजमधेश डेस्क झापा,२५ माघ । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौं नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी, सिलगुढीलगायतका […]