नारायण अधिकारी चितवन, २७ माघ ।जिल्लाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म रु नौ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो । रङ्गशाला […]
न्यूजमधेश डेस्क काठमाडौं,२७ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा को भ्रातृ सङ्गठन राष्ट्रिय युवासङ्घको अध्यक्षमा बचनवहादुर सिंह चयन हुनुभएको छ । यही माघ २५ र २६ गते काठमाडौँमा भएको सङ्घको दोस्रो केन्द्रीय कमिटी बैठकले सिंहको अध्यक्षमा ५०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घका संयोजक रामप्रसाद सापकोटालाई बैठकले कारवाही गरेको छ । सङ्घको सहअध्यक्षमा […]
न्यूजमधेश डेस्क काठमाडौं,२७ माघ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो १२ः०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ः०० बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुने छ । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल […]
न्यूजमधेश डेस्क वाग्मती, २७ माघ। वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो । समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका […]
न्यूजमधेश डेस्क टिकापुर,२७ माघ । कैलालीको लम्की–चुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी कार्यालय आउन दैनिक १८० किलोमिटरको यात्रा गर्नुहुन्छ । प्रमुख प्रशासकीय अधिकृत बिनाडी धनगढीबाट लम्की–चुहा १८० किलोमिटर दैनिक आवतजावत गर्नुहुन्छ । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था गरेको भए पनि बिनाडी दैनिक घरबाटै ओहरदोहर गर्नुहुन्छ । पाँच महिनाअघि सरुवा भएर लम्की–चुहामा आउनुभएका […]
न्यूजमधेश डेस्क कञ्चनपुर,२६ माघ । हिंसारहित समाज र स्वच्छ वातावरणको मूलनाराका साथ आजदेखि कञ्चनपुरको गड्डाचौकी नाकाबाट महाकाली–मेची साइकलयात्रा शुरु गरिएको छ । बूढानीलकन्ठ राईटर क्लबको आयोजनामा ११ जनाको टोलीले साइकल यात्रा शुरु गरेको हो । रामबहादुर श्रेष्ठ ९ओसो पुजारी० को संयोजकत्वमा शुरु भएको यात्रालाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपालको झण्डा हस्तान्तरण […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ माघ। सामान्यतया महिला गर्भवति भएको ९ महिना पूरा भएपछि शिशुको जन्म हुन्छ। तर, कहिलेकाहिँ समय नपुग्दै शिशु जन्मन्छन्। नेपालमा पनि आमरुपमा ७ महिनामा जन्मेको बच्चालाई भाग्यमानी ठानिन्छ। यद्यपि त्यसको कुनै वैज्ञानिक कारण प्रष्ट छैन। त्यसको मनोसामाजिक अर्थ समय अगावै जन्मिएर बाँच्न सफल भएकोले भाग्यमानी ठानिएको हुनसक्छ। समय नपुग्दै जन्मेका शिशुको शारीरिक र […]
कमलेश ठाकुर जनकपुरधाम ,२६ माघ । ८ पुस २०७६ मा औरही गाउँपालिका–२ प्रवहा देउरी माविले एकजना कम्प्युटर विषयको शिक्षक माग गर्यो । विद्यालयको ‘लेटर प्याड’मा माग गरिए पनि पत्रपत्रिकामा विज्ञापन सार्वजनिक भएन । न कुनै माध्यमबाट सूचना सार्वजनिक गरियो । २८ पुस मा ‘गुपचुप’ तरिकाले वडाध्यक्ष अमितकुमार यादवले आफ्ना जेठा दाइ प्रविनकुमार यादवलाई नियुक्ति गरे […]