०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ

न्यूजमधेश डेस्क कञ्चनपुर,२५ माघ । बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौँ महानगरपालिका– १४ बौद्धका ३३ वर्षीय विष्णु भट्टलाई पक्राउ गरिएको […]

न्यूजमधेश डेस्क बुटबल ,२४ माघ । लुम्बिनी प्रदेशसभाका उपसभामुख कृष्णीकुमारी थारुले समाज रुपान्तरणको अभियानलाई अझै सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ । सञ्चारिका समूह रुपन्देही र साहसी कदम नेपालले सामाजिक अभियान्ता र पत्रकार महिलाबीचमा आज बुटवलमा आयोजना गरेको अनुभव आदानप्रदान कार्यक्रममा उहाँले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मुद्दालाई बलियो बनाउन सामाजिक अभियान्ता अझै जागरुक हुनुपर्ने बताउनुभयो […]

न्यूजमधेश डेस्क काठमाडौं,२४ माघ । मोरङ घर भएकी २२ वर्षीया सपना राजबंशीलाई करिब पाँच केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ । कागेश्‍वरी मनोहरा नगरपालिका ८ शिवचोक डेरा गरी बस्‍ने उनलाई पाँच केजी गाँजासहित प्रहरीले पक्राउ गरेको हो । उनको कोठामा लागुऔषध लुकाई राखेको भन्‍ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कोठा तलासी […]

न्यूजमधेश डेस्क काठमाडौं ,२४ माघ । एउटा नयाँ चलचित्रको छायांकनमा रहेका अभिनेता आकाश श्रेष्ठले चलचित्र छायांकनबाट समय निकालेर एउटा नयाँ गजलको भिडियोमा मोडलिङ गरेका छन् । उनले अभिनेत्री अभिनेत्री पूजा शर्मासँग नयाँ गजल ‘पुरानो घाउ‘’को भिडियोमा अभिनय गरेका हुन् । यो गजलको भिडियो बिहीबार रिलिज गरिएको हो । आधा दर्जनभन्दा बढी चलचित्रमा लगातार जोडी बनेका […]

न्यूजमधेश डेस्क सप्तरी ,२४ माघ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पर्यटन क्षेत्रको अवस्था सुधारका लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने बताएका छन् । कोरोनाका कारण संकटमा परेको पर्यटन क्षेत्र र व्यवसायलाई उकास्ने उद्देश्यका साथ प्रदेश २ स्तरीय अभियान कार्यक्रमको शुक्रबारदेखि सप्तरीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘पर्यटन […]

न्यूजमधेश डेस्क काठमाडौं,२३ माघ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष प्रचण्डले जनपक्षीय पार्टीको विकासका लागि विचार, नीति र कार्यदिशामा नै सही हुनुपर्ने बताउनुभएको छ । ललितपुरमा आज आयोजना गरिएको जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एउटा पार्टी राम्रो हुँदै जान्छ वा नराम्रो हुँदै जान्छ । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ माघ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताएका छन । समता फाउण्डेशनले आज जनकपुरधाममा आयोजना गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशको समृद्धि र विकासका लागि पछि पारिएका समुदाय दलित, महिला, मुस्लिमलगायतको उन्नति र विकासका लागि […]

न्यूजमधेश डेस्क बुटवल ,२३ माघ । रुपन्देहीको तिलोत्तमामा ९ वटा सहकारी संस्थाहरु एकीकरण ९मर्ज० हुने भएका छन् । नगरपालिकाका ५ वटा वडामा सञ्चालित दुई वटा बहुउद्देश्यीय र ७ वटा बचत तथा ऋण सहकारी संस्था एकीकरण हुन थालेका हुन् । विभिन्न प्रकृतिका चार हजार बढी सहकारी रहेका लुम्बिनी प्रदेशमा एकैपटक यति धेरै सहकारी संस्थाहरु मर्ज हुन […]