०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

जसपाका एक दर्जन नेता नेकपा ओली समूहमा प्रवेशको तयारीमा

न्यूजमधेश डेस्क काठमाडौं,२३ माघ । दुई दिनअघि जनता समाजवादी पार्टी ९जसपा० का नेता शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरे । र, प्रवेशलगत्तै यादवले भने, ुजसपामा एक(दुई दिनमा पहिरो जान्छ ।ु तत्कालीन संघीय समाजवादी पार्टीको पदाधिकारी रहेका यादव एक्कासि ओली समूहमा प्रवेश गर्लान् भन्नेचाहिँ जसपाका नेताहरूले सोचेका थिएनन् । अध्यक्ष उपेन्द्र यादवनिकट मानिएका यादव असन्तुष्ट […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ माघ । आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएको थिए । बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको […]

किशोर विश्वकर्मा विराटनगर,२२ माघ । संवैधानिक परिषद्का पदाधिकारीको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड(नेपाल समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्न ठाउँमा तोडफोड भएको छ । शान्तिपूर्ण बन्द भनिए पनि आन्दोलनकारीले विराटनगरसहित प्रदेश १ का विभिन्न स्थानमा दर्जनौँ सवारी साधन र पसलमा तोडफोड गरेका छन् । प्रचण्ड(नेपाल समूहले बिहीबारका लागि आह्वान गरेको आमहडताल शान्तिपूर्ण हुने भनिए पनि व्यवहारमा […]

न्यूजमधेश डेस्क महोत्तरी ,२२ माघ । पछिल्ला चार दिनयता पारिलो घाम लाग्न थालेपछि जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत सोमबारयता लगातार घाम लागेर आङ तात्दै गए पनि सर्वसाधारण किसान भने मन खुलाएर खुशी देखिँदैनन् । यसपालि पानी नै नपरी हिउँद सकिन लागेपछि किसानमा खुशी छाउन नसकेको हो । “ल हेर्नोस्, अब पारिलो […]

न्यूजमधेश डेस्क सुनसरी,२२ माघ । सुनसरीको धरानमा बन्दकर्ता र मजदुरबीच झडप भएको छ । नेकपाको दाहाल-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच झडप भएको हो । बन्दकर्ताले टेम्पू रोकेर लात्त हानेपछि भएको विवाद सामान्य झडपमा परिणत भएको थियो । अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

न्यूजमधेश डेस्क काठमाडौं,२२ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले गरेको बन्दका क्रममा काठमाडौंको कोटेश्वरमा बन्दकर्ता र प्रहरीबीच ठेलमठेल भएको छ । बन्दकर्ताले सडकमै खान खान जोखेपछि प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । त्यस क्रममा बन्दकर्ता र प्रहरीबीच ठेलमठेल भएको हो । कोटेश्वरमा लिलामणि पौडेलले बन्दकर्ताको नेतृत्व गरेका छन् ।

न्यूजमधेश डेस्क काठमाडौं,२२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा संसद् विघटन गरेपछि कांग्रेसले तत्कालै भन्यो, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक छ । प्रधानमन्त्री ओलीको यो कदम अधिनायकवादको आकांक्षाबाट प्रेरित र सर्वसत्तावादउन्मुख छ ।’ प्रतिनिधिसभा विघटनलगत्तै औपचारिक रूपमै पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले त्यसको भोलिपल्ट ६ पुसमा सर्वदलीय बैठक […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ माघ । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड(माधव समुहले घोषणा गरेको आम हड्तालको कारण बिहानैदेखि काठमाडौं उपत्यकाभित्र बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। काठमाडौं उपत्यकालाई विषेश राखेर सुरक्षा व्यवस्था मिलाइएको छ। लामो समयपछि ठूलो राजनीतिक दलले यसरी बन्दको घोषणा गरेकाले सुरक्षा रणनीति पनि त्यही अनुसार तयार पारिएको छ। शान्तिपूर्ण आन्दोलन गर्ने समूहलाई […]