०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

बलात्कारीलाई बचाउन आर्थिक चलखेल पीडितलाई प्रलोभनमा पारेर अदालतमा दौडधुप गर्दै

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ माघ । महोत्तरीको भंगहामा महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षकालागि थुनामा रहेका वडा सचिव कारवाहिबाट उम्किन आर्थिक चलखेल थालेको छ । पिडित महिलालाई आर्थिक प्रलोभनमा पारेका वडा सचिव पक्षले उच्च अदालत जनकपुरबाट उम्किन समेत चलखेल थालेको हो । भंगहा नगरपालिका–९ हरिणमरीका ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत महोतरीको आदेशमा भंगहा नगरपालिका […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ माघ । शिक्षकले जथाभावी प्राप्ताङ्क पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न ढिलाइ भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो । शिक्षकले पूर्णांकभन्दा बढी नम्बर दिने र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ माघ।सरकारले सालका काठ, दाउराको कटान, मुछान, बिक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट आठ महिनापछि खुला गरेको छ । मन्त्रिपरिषद्को यही माघ ११ गतेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आज सार्वजनिक गरेको हो । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ अनुरूप वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएकाबाहेकका सरकारद्वारा व्यवस्थित […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ माघ।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा दाहाल–नेपाल पक्षको १० सिट पनि नआउने दाबी गरेको छ। आफु निकट आदिबासी जनजाती महासंघको राष्ट्रिय भेलामा आज दाहाल–नेपाललाई जनताले कहिल्यै माफ नगर्ने प्रतिक्रिया दिएका हुन । ओलीले बैशाख २७ गतेसम्म पुग्दा उनीहरू बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले पार्टी र सरकार चलाउन […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ माघ । सरकारी मापदण्डलाई उल्लंघन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना खोप लगाएका छन् । सरकारले पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोनाविरूद्धको खोप लगाउने एउटा मापदण्ड तयार पारेको थियो। तर प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र […]

न्यूजमधेश डेस्क राजविराज, १४ माघ ।सप्तरीस्थित मुलुककै सबैभन्दा पुरानो चन्द्रनहर अतिक्रमणमा परेको छ । साथै आवश्यक मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ ।सरकारले सिँचाइका लागि पर्याप्त ध्यान नदिएका कारण सप्तरीस्थित ऐतिहासिक यो नहर जीर्ण अवस्थामा पुगेको हो । चन्द्रनहरको वरिपरि बस्ने मानिसहरुले नै अतिक्रमण गरेपछि चन्द्रनहर प्रतिदिन जीर्ण बन्दै गएको हो । नहरको डिलमा […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ माघ।पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीबाट गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसलाई कानुनविद् र राजनीीतकशास्त्रीसँग छलफल नगरी सदर गर्नु भूल भएको बताएका छन् । ‘राष्ट्रपतिले भूल गर्नुभयो,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न नहुने काम गरेपछि त्यसलाई राष्ट्रपतिले हेर्नुपर्थ्यो ।’ गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले राष्ट्रपति भण्डारीले कुनै […]

न्यूजम्धेश डेस्क विरगंज ,१४ माघ । छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा विधिवत् रुपमा शुरु भएको छ । नारायणी अस्पताल वीरगञ्जका स्वास्थ्यकर्मी हेमा थापालाई सो खोप दिएर उक्त अभियानको शुभारम्भ गरिएको छ । सङ्घीय सरकारले उक्त खोप अभियानअन्तर्गत नारायणी अस्पताललाई पाँच हजार कोभिड–१९ विरुद्धको खोप दिएको छ […]