न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ माघ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको विष्णुपुर गाउपालिकामा प्रथम गाउपालिका अधिवेशन सम्पन्न गरेको छ । सोमबार गाउपालिका वडा नम्बर ५ कुट्टीचौकमा गंगा यादवको अध्यक्षतामा अधिवेशन भएको हो । सो कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टीका केन्द्रीय सदस्य राजकुमार यादव रहेको थियो। अधिवेशनबाट सर्वसहमतिले रामचन्द्र यादवको नेतृत्वमा २१ सदस्य कार्यकारणी समिति […]
डा विनोद खड्का विगत केही समयदेखि वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलसँग उहाँको टिम सदस्यको रुपमा बसुन्धरा, काठमाडौंस्थित नेसनल कार्डियक सेन्टरमा कार्यरत छु। हरेक दिन मैले करिब २० जना उच्च रक्तचापका बिरामीसँग भेट्ने गर्छु। उच्च रक्तचापलाई छिटोभन्दा छिटो नियन्त्रणमा राख्नु स्वास्थ्यको निम्ति राम्रो हुन्छ। उच्च रक्तचापलाई नियन्त्रणमा राख्न औषधि सेवन गर्नुपर्छ। तर बिरामीहरु सकेसम्म औषधि […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ माघ । प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोना विरुद्धको खोप अभियान शुरु गर्ने निर्णय भएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१२ माघ।धनुषामा ट्याक्टर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका वडा नम्बर ३ गोबराही बस्ने ३० वर्षीय विनोद कुमार महरा रहेको सीमा प्रहरीचोकी दुहवीका सई हिलस कुमार सिंहले बताए। सई सिंहका अनुसार सोमबार विहान ११:३० बजे ठाढीबाट माटो लिन दुहवीतर्फ जादै गरेको ट्याक्टर अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा स्टेरिङले […]
दिनेश महतो गौशाला, १२ माघ। महोत्तरीको औरही नगरपालिका वडा नम्बर ४ कठुधारमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधारका महबुल नदाफका १३ वर्षिय छोरा गुड्डु नदाफ र ठेगाना खुल्न नसकेको २० वर्षिय प्रमोद राम रहेका छन् । गौशाला–सम्सी सडक खण्ड अन्तरगर्त कठुधार चौकमा सम्सीबाट गौशाला तर्पm आउँदै गरेको ना८ख […]
रञ्जन भण्डारी महोत्तरी,१२माघ।लालपुर्जा हातमा पर्दा महोत्तरीको बल्वा नगरपालिका वडा नम्बर ६ का ७० वर्षीय माधो मण्डलको खुसीको सीमा रहेन । उनले लालपुर्जा समात्नुअघि र समातेपछि पनि नमस्कार गर्दै भने, ‘लालपुर्जा दिनभो, धन्यवाद ।’ बल्वा नगरपालिकाका मेयर विनोद यादवले लालपुर्जा थमाउँदा उनी नियालेर हेरिरहेका थिए । उनले वर्षौँपछि लालपुर्जा पाएका थिए । त्यही गाउँकी पवीदेवी मण्डलले पनि लालपुर्जा पाउँदा खुसी […]
नमिता पौडेल कोरोना महामारीमा अबोध बालिकाहरू बलात्कृत भएका समाचार आइरहे । बलात्कारीले आजीवन काराबासको सजाय पाए भन्ने समाचारचाहिँ त्यति पढ्न पाइएको छैन । बालिकाहरू घरबाहिर हिँडडुल गर्दा सुरक्षित महसुस गर्न कहिले पाउँछन् र बालिकालाई सुरक्षा दिने समाज बनाउन के गर्न सकिन्छ भन्ने प्रश्नको उत्तर अनुसन्धानबाट पाइएला तर यस्ता घटनासम्बन्धी अनुसन्धान गर्ने संस्था नेपालमा कम छन् । बलात्कारीहरूलाई राज्यले […]
न्यूजमधेश डेस्क काठमाडौं,१२ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विश्व शान्ति तथा राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा र सवा लाख दीप प्रज्वलन गरेका छन् । धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले […]