०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

नेपाल–चीन सीमास्तम्भहरुको ‘जीपीएस कोर्डिनेट’ सार्वजनिक गर्न माग राख्दै धर्ना

न्यूजमधेश डेस्क काठमाडौं,११ माघ।नेपाल–चीन सीमास्तम्भहरुको ‘जीपीएस कोर्डिनेट’ सार्वजनिक गर्नुपर्ने माग राख्दै राष्ट्रिय एकता अभियानले काठमाडौंस्थित नापी विभागमा धर्ना दिएको छ । नेपाल–चीन सीमामा स्थित दुई देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेट सार्वजनिक नगरिएको भन्दै अभियानले आइतबारदेखि तीन दिनसम्म विभागमा धर्ना दिने जनाएको हो । अभियानका संयोजक विनय यादवले सिमानाको विषय […]

न्यूजमधेश डेस्क काठमाडौं,११ माघ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई वैवाहिक जीवनको शुभकामना दिएका छन् । विवाह समारोहमा पुगेर उनले दुलाहा-दुलहीलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिएका हुन । आज मुख्यमन्त्री राई र पूर्व मिस मंगोल जाङ्मु शेर्पा वैवाहिक बन्धनमा बाँधिएका हुन् । सीमित व्यक्तिहरुबीच भएको विवाहमा केही आफन्त तथा केही नेताहरुको उपस्थिति […]

न्यूजमधेश डेस्क सिरहा,११ माघ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० मनहर्वामा शनिबार यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आइरहेको ज८प ८४६४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना६ख ५२४८ नंको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार धनुषाको सवैला नगरपालिका–१३ निवासी १८ वर्षीय सचिन महतो र २३ वर्षीय सुशील महतोको घटनास्थलमै […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ माघ। प्रदेश २ सरकारको चालू आर्थिक वर्षको खर्च न्यून रहेको छ । दोस्रो चौमासिक बित्न लाग्दा अहिलेसम्म पाँच प्रतिशत मात्र खर्च भएको बताइएको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दाहालले कार्यविधि मापदण्डलगायत प्रक्रियाहरु बनाउने अवस्थामा रहेको कारणले खर्च हुन नसकेको बताउनुभयो । सचिव दाहालका अनुसार बजेट […]

न्यूजमधेश डेस्क सर्लाही ,११ माघ। धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन हुनुभएको छ । अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । “केही दिनयता अन्नपूर्णका मिलका सञ्चालक हाम्रो सम्पर्कमा हुनुहुन्न”, प्रजिअ पौडेलले भन्नुभयो,“उखु उत्पादक किसानको बक्यौता दिनका लागि हामीले रोक्का गरेको खातामा रकम भए पनि […]

हिरा विश्वकर्मा भूपि शेरचनको कविताको एउटा पंक्ति छ– उत्तरतिर हाम्रो एउटा छिमेकी छ जहाँ खान पाइन्छ बोल्न पाइन्न, दक्षिणतिर हाम्रो अर्को छिमेकी छ जहाँ बोल्न पाइन्छ खान पाइन्न, हामी यस्तो देशमा छौँ जहाँ खान पनि पाइन्न, बोल्न पनि पाइन्न । यो कविता भूपिले पञ्चायतकालमै सिर्जना गरेका पंक्ति हो र यसलाई हामीले गंभीररूपमा लिन्थ्यौँ । र, […]

न्यूजमधेश डेस्क सर्लाही ,११ माघ । सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर ८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । मिश्रलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो […]

न्यूजमधेश डेस्क सप्तरी ,११ माघ । नेपाल प्रेस युनियन सप्तरीको कार्यालय स्थापना भएको छ । सदरमुकाम राजविराजमा स्थापना भएको कार्यालयको शनिबार एक कार्यक्रमका बीच युनियनका महासचिव अजयबाबु शिवाकोटीले उद्घाटन गर्नुभयो । सो अवसरमा शिवाकोटीले युनियनको आफ्नै कार्यालय स्थापना हुनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले यसले सप्तरी जिल्लाका साथीहरुलाई युनियनको गतिविधि सञ्चालन गर्न थप मद्दत […]