न्यूजमधेश डेस्क काठमाडौं,६ पुस। उखुको भुक्तानी माग्दै काठमाडौं आएका किसानहरूले सोमबार पनि माइतीघर मण्डलमा प्रदर्शन जारी राखेका छन् । सरकारले उखु मिल सञ्चालकबाट रकम दिलाइदिने जिम्मेवारी नलिएसम्म आन्दोलन नरोक्ने उनीहरूले बताएका छन् । सरकारसँग सोमबार दिउँसो छलफल हुन लागेको जनाउँदै किसानहरूले उखुको बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी लिन सरकारलाई आग्रह गर्ने बताएका छन् । चिनी […]
न्यूजमधेश डेस्क जनकपुरधाम,६ पुस।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले जनताले मत र विश्वास दिएर पठाएका पार्टीहरु असफल भइसकेको ठहर गरेको छ । जनमतका केन्द्रीय सदस्य अब्दुल खानले आइतबार एक विज्ञप्ति जारी यस्तो बताएका हुन् । ‘नेपालको संघीय सदन कार्यकालभन्दा अगाडि नै विघटन हुनु नितान्त दुःखद घटना हो ।’ विज्ञप्तिमा भनिएको छ । विषयमा जनमत पार्टीले संविधानविद्हरूसँग […]
न्यूजमधेश डेस्क जनकपुरधाम,५ पुस।जनता समाजवादी पार्टी नेपालका नेता मनिकलाल मण्डललाई मातृ शोक परेको छ। मण्डलका आमा सुगनिया देवि मण्डलको धनुषाको कमला नगरपालिका वडा नम्बर ४ सघारा स्थित आफ्नै घरमा आज विहान ७७ वर्षको उमेरमा निधन भएको हो। नेता मण्डलका अनुसार आमाको आजै कमला नदिको किनारमा अन्त्येष्टि गरिएको उहाँले बताउनुभयो ।
न्यूजमधेश डेस्क सप्तरी ,५ पुस। सप्तरीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । संसद विघटन गरेको विरोधमा सदरमुकाम राजविराजमा नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । संसद विघटन गरेर ओलीले असंवैधानिक कदम चालेको उनीहरुको भनाइ थियो । उनीहरुले राजविराजको मदन चोकस्थित नेकपा पार्टी […]
न्यूजमधेश डेस्क काठमाडौं ,५ पुस।राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरिदिएकी छन्। आइतवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले संसद विघटन गरिदिएकी हुन्। मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार संसद विघटन गर्दै राष्ट्रपति भण्डारीले २०७८ वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति पनि तोकेकी छन्। ‘संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली […]
न्यूजमधेश डेस्क काठमाडौं ,५ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस […]
अर्जुन थपलिया केपी ओलीले अरुलाई जूनकीरी र आफुलाई सूर्य बराबर ठान्दछन् । माधव र प्रचण्ड भन्छन् , जुन शहर निर्माण गर्न अथक परिश्रम गरियो त्यस शहरमा आफ्ना लागि बस्ने एउटा घर पनि छैन । अर्थात पार्टीमा पाटीको बास भयो । प्रधानमन्त्री केपी ओलीलाई पार्टीभित्र कसैले मुख खोलेको मन पर्दैन । उनका समर्थक, सल्लाहकार र मन्त्रीहरु […]
न्यूजमधेश डेस्क काठमाडौं,५ पुस। मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरेको छ ।बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । हरेक हप्ता सोमबार र विहिबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज आइतबार नै बैठक बसेको थियो । बैठकका लागि बिहान नौ बजे मन्त्रीहरुलाई खबर गरिएको थियो […]