२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

कोरोना भाइरस नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका : डब्लुएचओ प्रमुख

न्यूजमधेश सम्बादाता जेनेभा ,२९ श्रावण । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ )का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले प्रायजसो युवापुस्ता कोरोना भाइरस महामारीमा गम्भीर जोखिम समूह नभएको तर उनीहरूले महामारी फैलिन रोक्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ । उहाँले बुधबार जेनभामा पत्रकारहरूसँगको कुराकानीमा उक्त कुरा बताउनुभएको हो । विश्वप्रतिको साझा दायित्वलाई विश्वभरका युवाहरूले वहन गरेको जिम्मेवारीप्रति […]

न्यूजमधेश सम्बादाता कैलाली,२९ श्रावण । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा चट्याङ लागेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय जङ्गलमा बाख्रा चराउन गएका बेला लम्कीचुहास्थित साङ्गा चोक नजीकै चट्याङ पर्दा बालिका अञ्जु शाहीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । बालिकाको शव परीक्षणका लागि टीकापुर अस्पताल ल्याइएको छ । चट्याङ लागेर उनीसँगै […]

राजु विश्वकर्मा सिरहा , २९ श्रावण । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि स्थानीय तहले गरेको खर्चमा अनियमितता भएको भन्दै स्थानीयवासीले छानबिनको माग गरेका छन् । सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणको नाममा अनियमितता गरेको भन्दै स्थानीयवासीले छानबिन गर्न माग गरेका हुन् । औरही गाउँपालिका– ५ स्थित प्राथमिक […]

न्यूजमधेश सम्बादाता टीकापुर,२८ श्रावण । नेपाल पत्रकार महासङ्घका सभासद् एवं कैलालीको टीकापुरस्थित कान्तिपुर संवाददाता गणेश चौधरीलाई समाचार सङ्कलनका क्रममा आक्रमण गरी घाइते बनाएको घटनामा संलग्न व्यक्तिहरुमाथि कानूनी कारबाही गर्न माग गरेको छ । साउन २६ गते कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा समाचार सङ्कलनका क्रममा रहेका पत्रकार चौधरीमाथि सोही ठाउँका दिनेश कडायत, दिनेश शाह, शिरिष शाह, सुरेन्द्र […]

न्यूजमधेश सम्बादाता कञ्चनपुर,२८ श्रावण । महाकाली नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि अढाई करोड खर्च भएको छ । महाकालीमा रु दुई करोड ४० लाख ७७ हजार रकम खर्च गरिएको हो । महाकाली नगरपालिकामा सबैभन्दा बढी राहत वितरणमा खर्च भएको देखिएको छ । कार्यालयले सार्वजनिक गरेको खर्च विवरणअनुसार राहतमा रु ४३ लाख २७ हजार खर्च भएको […]

न्यूजमधेश डेस्क सप्तरी ,२८ श्रावण । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ८४८३ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको स७प ८९३२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा बालिकासहित चार जना […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ श्रावण ।राष्ट्रिय गौरवको रुपमा रहेको हुलाकी राजमार्गमा गत आर्थिक वर्षमा लक्ष्यभन्दा १५८ किलोमिटर कम सडक मात्रै कालोपत्र भएको छ । आयोजनाले ३५० किमी सडक कालोपत्र गर्ने लक्ष्य लिएको थियो । तराई मधेशको समृद्धिसँग जोडेर हेर्ने गरिएको सो आयोजनामा कोभिड–१९ का कारण अपेक्षित रुपमा निर्माण हुन नसकेकाले भौतिक प्रगति कम देखिएको छ । […]

न्यूजमधेश डेस्क काठमाडौँ ,२८ श्रावण । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा टेकुकी एक महिलाको मृत्यु भएपछि टेकु क्षेत्र सिल गरिएको छ । मंगलबार राति सवा १ बजे उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि टेकुको मुख्य सडकबाहेकको क्षेत्रमा शिल गरिएको काठमाडौँ महानगरपालिका – १२ का वडाअध्यक्ष विकास डंगोलले जानकारी दिए । टेकुस्थित चल्खुकी ७८ […]