०३ आश्विन २०८२, शनिबार
20-09-2025 , Sat
×

यादवलाई प्रमुख अतिथि बनाएपछि विश्वविद्यालयमा जनमत पार्टीले‌ गर्‍यो तालाबन्दी

राजविराज । राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताहरुले आइतबार तालाबन्दी गरेका छन् । सोमबार राजविराज -१३मा विश्वविद्यालयको शिलान्यास गर्न कार्यक्रम तय गरिएको छ । शिलान्यासमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि जनमतका कार्यकर्ताहरु विरोधमा उत्रिएका हुन् । जनमतले आइतबार विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दीपछि विश्वविद्यालयको […]

काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको छ । योसँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । २३२ रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १ सय ७० रनमा अलआउट भयो । कर्णालीका युवा विकेटकिपर अर्जुन घर्तीले १ सय ५ बलमा २ चौका […]

जनकपुरधाम । सिरहाको लहान नगरपालिका ७ मा मिटर ब्याज पीडितहरूको एक समूहले साहु (महाजन)ले हड्पेको घर खाली गराएका छन् । साहु रामबाबु महतोले हड्पेको घर खाली गराएर मिटर ब्याज पीडितहरूको समूहले पीडित श्याम विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् । श्याम दुई छोरा, श्रीमती र भतिजा-भतिजीसहित घर प्रवेश गरेका छन् । ०७१ मा महतोसँग श्यामका दाइ हिरालालले […]

झापा । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिए । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो । प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक […]

भैरहवा । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले मधेशी शहीदहरुको सपना अझै पूरा नभएको बताएका छन् । पार्टीले बलिदानी दिवसको अवसरमा शुक्रबार रुपन्देहीको मर्चवारी गाउँपालिका–७ स्थित बगौलीमा आयोजना गरेको दीप प्रज्जवलन कार्यक्रममा बोल्दै सचिव यादवले यस्तो बताएका हुन् । उनले भने, ‘मधेश विद्रोहदेखि अहिलेसम्म मधेशी शहीहरुको सपना पुरा भएको छैन । त्यसले अब जनमत […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले अधिकार अझै नपाएको भन्दै आन्दोलनका लागि तयार हुनुपर्ने बताएका छन् । सिरहाको लहानस्थित शहिद रमेश महतोको शालिकमा माल्यार्पण र श्रद्धाजली दिदै उनले भने, ‘रमेश महतो सहादत दिएको १७ वर्ष वित्यो । संघीयता आयो । तर अधिकार पाएनौं । विभेद पनि कायमै छ । त्यसैले जनमत पार्टी संघर्षका […]

काठमाडौं । नेपाल सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ । आज शुक्रबार तिन दिनपछि सरुवाको सूची सार्वजनिक गरिएको हो । यो पटकको सरुवामा काठमाण्डु महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि फेरिएका छन् […]

जनकपुरधाम । मधेश सरकारले वीरगञ्जमा मनाउन लागेको मधेश बलिदानी दिवस समारोहमा आन्दोलनका घाइतेहरुले होहल्ला गरेका छन् । राहतमा विभेद गरेको भन्दै उनीहरुले विरोध गरेका हुन् । मञ्च नजिकै पुगेर विरोध गर्न थालेपछि उनीहरुलाई पनि चेक वितरण सुरु गरिएको छ। कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले शहीद परिवारका सदस्यलाई ३/३ लाखको चेक र कम्बल वितरण गरेका थिए।आन्दोलनका […]