न्यूजमधेश सम्बादाता काठमाण्डू ,१८ जेठ।सङ्घीय संसद्मा विचाराधीन बजेटमा ‘निजी विद्यालयले कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मेवारी’ को प्रस्तावबारे अनभिज्ञतासहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कार्यान्वयनका लागि मापदण्ड बनाइने जनाउनुभएको छ । यही जेठ १५ गते अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको सो बजेटबारे सदनमा छलफल चलिरहेका बेला शिक्षामन्त्री पोखरेलले आज निजी […]
न्यूजमधेश सम्बादाता रुपन्देही ,१८ जेठ । रुकुम(पश्चिम)को चौरजहारीमा भएको घटनामा संलग्नलाई कारवाही तथा रुपन्देहीको देवदहमा हत्या गरिएका १३ वर्षीया अंगिरा पासी र परिवारलाई न्याय दिलाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ । नेपाल दलित मुक्ति संगठनले आज प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो । मुख्यमन्त्री पोखरेलले रुकुम र रुपन्देहीको देवदहमा […]
न्यूजमधेश सम्बादाता तुलसीपुर,१८ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ९ निवासी मन्दीप भुजको हत्याको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा अर्घाखाँची घर भई हाल तुलसीपुर ६, कपडादेवी निवासी २३ वर्षीय सौरभ पोखरेल, ५ निवासी २३ वर्षीय अजय बुढाथोकी र २० वर्षीय आशिष नेपाली तथा १८ निवासी २१ वर्षीय ओमबहादुर […]
मनोज बनैता, सिरहा, १८ जेठ । जनता समाजवादीका शिर्ष नेता राजेन्द्र महतोले सरकारद्वारा जारी बजेटमाथी असन्तुष्टि जाहेर गरेको छ । नैतिकता गुमाएको सरकारले आफ्नै चरित्र अनुसारको बजेट ल्याएको भन्दै नेता महतोले संसदमा घोर बिरोध गरेका छन। बजेटले सिमान्तकृत समुदायलाई झन पछिपारेको भन्दै लामो समय देखि यस्तै औपनिवेशिक मान्यताको बजेट आईरहेको नेता महतोको टिप्पणी रहेको छ […]
सुधा मिश्र जमुनाको आँखा घरिघरि दिवालमा झुन्डियाइएको घडीमा गएर अडकिन्थ्यो। सवा चार बजिरहेको थियो। अहिलेसम्म बाबु किन नआएको होला भन्ने प्रश्न मनमा उठिरहेको थियोे । उसको लागि तयार गरिएको खाजा पनि सेलाउदै गइरहेको थियोे । गएर हेर्नु पर्यो भनेर सोच्दै थिई कि अनुज माँ माँ गर्दै जमुना कहाँ आइपुगे । स्कूलमा दिएको सूचनापत्र जमुनालाई देखाउदै, […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ जेठ । महोत्तरीकी एक युवतीको उनकै श्रीमान् र सासू मिलेर हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । दुई बर्षअघि धनुषाको बटेश्वर गाउँपालिका २ निवासी अनिल कापरसँग विवाह गरिएकी संगीता कापरको हत्या गरिएको महोत्तरीको जलेश्वर नगरपालिका ९ निवासी उनका माइती पक्षले आरोप लगाएका छन् । पटक–पटक थप दाइजो माग्दै छोरी २० बर्षीया […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१८ जेठ । “कृषि टिभि” नामक टेलिभिजनबाट नियमिति सञ्चालन भईरहेको “कोरोना बिर्साउने गफगाफ” कार्यक्रममा मधेशी जनतालाई अपमान गरेको टिभीलाइ कारवाही नगरेपछि सडक तताउने विद्यार्थी जनमत संघका अध्यक्ष पोषण कोमार यादवले चेतावनी दिएको छ । विद्यार्थी जनमत संघले जेष्ठ ८ गते देखि नै निरन्तर कृषि टेलिभिजनलाइ कारवाही गर्न माग गर्दै आइरहेको छ ।संघका […]
न्यूजमधेश सम्बादाता महोत्तरी ,१७ जेठ। कोभिड–१९ सन्त्रास छल्न जारी गरिएको लकडाउनभित्रै नदी उत्खननविरुद्ध आन्दोलन चर्केको छ । जिल्लामा क्रसर उद्योग सञ्चालनमा रहेका भङ्गाहा, गौशाला, बर्दिवास र औरही नगरपालिका क्षेत्रमा सधैँजसो मध्यरातका बेला नदी उत्खनन् तीव्र बनेपछि जारी लकडाउनभित्रै आन्दोलन चर्केको हो । पछिल्लोपटक भङ्गाहा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले संयुक्त सङ्घर्ष समिति […]