०२ आश्विन २०८२, शुक्रबार
19-09-2025 , Fri
×

लागू औषध सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न

मनोज बनैता, सिरहा । सशस्त्र प्रहरी वल सिरहाले लाहानका स्कुलहरुमा जनचेतना कार्यक्रम सुरु गरेको छ । लागु औषध दूव्यसनी तथा बिपत व्यावस्थापन सम्बन्धी जनचेतना कार्यक्रम सुरु गरेको हो ।लागु औषधको दुव्यसनीले समाजमा पार्ने नकारात्मक असरहरु तथा बिपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्ने जस्ता बिषयमा प्रहरीले जनचेतना अभियान सुरु गरेको […]

जनकपुरधाम । प्रदेश नं.२ का लोकसेवा आयोग अध्यक्षमा डा. सुरेन्द्र प्रसाद यादव सिफारिस भएको छ। मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा रहेको सिफारिस समितिले आज डा. यादवलाई आयोगका अध्यक्ष पदमा सिफारिस गरिएको छ। आयोगको समितिमा सभामुख सरोज कुमार यादव र प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डल सदस्य छन् । अध्यक्षमा सिरफारिस हुनु भएका डा यादव सिरहाको औरही […]

नेपालगन्ज । तत्कालीन स्वतन्त्र मधेश गठबन्धन बाँकेका नेता स्व.राम मनोहर यादवको श्रीमती सुनिता यादवलाई जनस्वास्थ्य चौकीमा जागिर दिइएको छ । बाँके जिल्लाअन्तर्गत जानकी गाउँपालिका वडा नम्बर ६ मा कार्यालय सहयोगीको रुपमा सुनितालाई जागिर दिइएको जनमत पार्टीका नेता इरफान शेषले मधेशवाणीलाई बताएका छन् । गत २४ फागुनमा नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सम्झौताअनुसार जागिर […]

लहान । सिरहामा लागुऔषध सहित २ जना युवक प्रहरीले नियन्त्रणमा लिएको छ।सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित दुर्गा मन्दिर नजिकबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ परेमा सिरहाको सुखीपुर नगरपालिका–८ का २५ वर्षीय राहुल साह र सोही ठाउँका १८ वर्षीय बिकल पञ्जियार रहेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुको साथबाट लागुऔषध १६ ट्यावलेट […]

शैलेन्द्र महतो,जनकपुरधाम : जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक १ लाख ५० हजार रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक मोहन यादव रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले बुधबार साँझ जलेश्वर नगरपालिका–२, खैराचोकबाट घुस रकम सहित रंगेहात पक्राउ गरेको जनाएको छ । सर्वेक्षक यादवले […]

सर्लाही । डा सीके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले वलरा नगरपालिकामा समिति गठन गरेको छ। पार्टीले सर्लाही जिल्लाको वलरा नगरपालिका वडा नं.५ अर्नाहा टोलमा सत्य नारायण सिंह कुशवाहाको अध्यक्षतामा २५ सदस्यीय वडा स्तरीय जनपरिचालन समिति गठन गरिएको केन्द्रिय सदस्य नरेश प्रसाद कुशवाहाले जनकारी दिए। कुशवाहाका अनुसार उक्त वडामा सुकुन्तला देवि महतो समितिको अध्यक्ष रहने गरि […]

कैलाली ।धनगढी उप–महानगरपालिका वडा नम्बर १ त्रिवेणी चोकका बलबहादुर बुढाका १० वर्षीय छोरा केशव वेपत्ता भएको छ। केशवका बाजे धनबहादुरले मंगलबार दिउँसो उनी घरबाट वेपत्ता भएको बताए। दिउँसो १ बजे सम्म घरमै रहेका बुढा एकाएक हराएको उनले बताए । परिवारले बालकको खोजीका लागि प्रहरीमा निवेदन दर्ता गराएका छन्। गहुँ गोरो वर्णको, सेतोमा रातो धर्का भएको […]

जनकपुरधाम।प्रदेश नं. २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत प्रदेश नं.२ को नाम र राजधानीको बिषयमा बहस, छलफल […]