जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका- ५ का दीपनारायण मण्डल मृत्यु प्रकरणमा इलाका प्रहरी कार्यालय सुगानिकासका इन्चाज सई बालमुकुन्द ठाकुर जिल्ला तानिएका छन् । उनलाई कारबाही स्वरुप जिल्ला तानिएको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । छिमेकसँगको समान्य विवादमा बिहीबार साँझ पक्राउ गरी लगेर कुटपिट गर्दा उनको मृत्यु भएको भन्दै स्थानीयबासिन्दाले शुक्रबार बिहान इलाका प्रहरी […]
राजविराज ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त भएको खुलासा गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यसमेत रहेका अध्यक्ष डा.राउतले प्रतिष्ठानबारे कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत सो कुराको खुलासा गरेका हुन् । प्रतिष्ठान निर्माण प्रक्रिया बारे भ्रम फैलाइएको आरोप लगाउँदै उनले सामाजिक […]
वीरगञ्ज । पर्सा जिल्लामा यस वर्ष धान उत्पादन घटेको छ । ढिलो गरी धानबाली लगाउनु, औसतभन्दा कम वर्षा हुनु, धानबालीमा गवाँरो कीराको सङ्क्रमण हुनुलगायत कारणले गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । पर्सामा कूल धान रोपाइँ हुने खेतीयोग्य जग्गामध्ये आव २०७९-८० मा ९५ प्रतिशतअर्थात् ४५ हजार चार […]
जनकपुरधाम ।आर्थिक वर्ष २०७९/८० मा मधेस प्रदेशको अर्थ मन्त्रालयले गैरकानुनी रूपमा रकमान्तर गरी कानुनविपरीत योजना बनाएर वितरण गरेको प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। आर्थिक वर्षको अन्तिमतिर बजेट कार्यक्रमको ‘अर्थ विविध’ शीर्षकमा राखिएको ३ अर्ब ३४ करोड २३ लाख ८ हजार ३४१ रुपैयाँ अर्थ मन्त्रालयले कानुन मिचेर विभिन्न मन्त्रालय तथा स्थानीय तहमा पठाएको […]
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले एक सय दिनका उपलब्धि सार्वजनिक गरेकी छन् । उनले २०८० साउन २९ गते मन्त्रालयको मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । पदभार ग्रहण गरे पछिका एक सय दिनमा मन्त्रालयले हासिल गरेका मुख्य उपलब्धिहरू बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकी हुन् । ऐन नियम निर्माण तथा परिमार्जन, […]
पोखरा । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारीको कार्यक्षेत्र थपका लागि घुस लिएको देखिएसँगै उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले बताए । उनीविरुद्ध केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको […]
जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो । प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन केही […]
सिरहा । शिक्षकको काम पढाउने मात्र हुँदैन । समाजलाई सही दिशामा डोर्याउने दायित्व पनि शिक्षकको हुन्छ । तर, कतिपय शिक्षकहरू आफ्नो विवेक समाज बनाउनका लागि नभई दोहनका लागि प्रयोग गरिरहेका छन् । यसको उदाहरण हुन्, सिरहा मिर्चैया नगरपालिका ७ का बासिन्दा सुरेन्द्र यादव । उनी कल्याणपुर नगरपालिका-११ मा अवस्थित रामदुलारी उमाविमा कार्यरत शिक्षक हुन् । […]