काठमाडौं ,१७ असार । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको हो। त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेश गरेका छन्।
काठमाडौं,१७ असार। नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने भएको छ। त्यसका लागि असारदेखि पुससम्मको समय तोकिएको छ। अभियानका लागि अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय अभियान परिचालन मूल समिति र सचिवालय निर्माण भएको सो पार्टीले जानकारी दिएको छ। सचिवालयको संयोजकमा अध्यक्ष भट्टराई रहने तथा विशेष उपस्थिति अध्यक्ष महेन्द्र राय यादव र अभियानका […]
पोखरा ,१५ असार।पोखरामा भेला भएका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १७ बुँदे माग राखेका छन् । आज शुक्रवार भएकाे अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको साझापत्र प्रधानमन्त्रीलाई बुझाइएकाे हाे । उनीहरूले तत्काल प्रहरी समायोजन हुनुपर्ने मागलाई पहिलो बुँदामा नै उल्लेख गरेका छन् । त्यसैगरी सङ्घीय निजामती ऐनलगायतका कानुन ल्याउनुपर्ने, प्रदेश सरकारको कार्यालयहरू रहेका भवन, भवन […]
रौतहट ,१५ असार । रौतहटमा बैंक खाताबाट सेवाग्राहीको रकम चोरी गरेको आरोपमा सातजना पक्राउ परेका छन् । जिल्लाको चन्द्रपुर–४ स्थित माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुर शाखाको खाताबाट सेवाग्राहीको रकम चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका– १६ नगवाका २१ वर्षीय राज नारायण चौरासिया, वडा नम्बर १९ स्थित केहुनी विन्दाबासनीका २१ वर्षीय […]
काठमाडौं ,१५ असार। जनता समाजवादी पार्टीका नेता पुर्वसांसद हरिनारायण रौनियार पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरको टोलीले पप्पु कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका जसपाका पुर्वसांसद रौनियारलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए । रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो । बाँकेका एसपी सन्तोष सिंह राठौरका अनुसार रौनियार काठमाडौंमा बस्ने […]
जनकपुरधाम, १५ असार ।धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल विरूद्ध विद्यार्थीहरूले जनकपुरधाममा शुक्रबार प्रदर्शन गरेका छन् । प्रदर्शन गर्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन । जिल्लाको औरही गाँउपालिका झिटकहियास्थित रामजानकी माध्यमिक विद्यालयको शिक्षक सरुवाको विषय लिएर विद्यार्थीहरूले आन्दोलनमा होमिएको हुन् । ‘भ्रष्ट प्रमुख जिल्ला अधिकारी राजिनामा देउ, सिडियो साहेब मुर्दावाद,भ्रष्ट शिक्षा विकास […]
काठमाडौँ,१५ असार।आज असार १५ अर्थात राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमसहित दही चिउरा खाएर यो पर्व मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम […]
काठमाडौँ,१५ असार । देशभरका ७५३ मध्ये करिब १४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन्। जनताको सबभन्दा नजिकको सरकार भनिने स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएपछि ती स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन्। प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटसमेत ल्याउन सकेका छैनन्। बजेट निर्माण र कार्यान्वयनमा प्रमुख […]