०४ आश्विन २०८२, आइतबार
21-09-2025 , Sun
×

कांग्रेस नेता मण्डल जनमत पार्टीमा प्रवेश

जनकपुरधाम,१३ असार।नेपाली कांग्रेसका नेता रुपनारायण मण्डल जनमत पार्टीमा प्रवेश गरेका छ्न। बिहिवार सहिदनगर नगरपालिका -७ मा आयोजित एक कार्यक्रमबिच कांग्रेस नेता रुपनारायण मण्डल जनमत पार्टीमा प्रवेश गरेका हुन। उनलाई अबिरको टीका र पार्टीको सदस्यता प्रदान गरेर जनमत पार्टी मधेश प्रदेश सदस्य दिपेन्द्र कुमार तेथवार र विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादवले पार्टी प्रवेश गराइएको […]

जनकपुरधाम ,१३ असार।मधेश प्रदेश प्रकाशन समूहद्वारा जनकपुरधाम र वीरगन्जबाट प्रकाशित मधेश दृष्टि राष्ट्रिय दैनिक पत्रीकाका सम्पादक राम कुमार रिजाल ‘एलन’ले भ्रष्टाचार गरेको ठहर भएका छ्न। विशेष अदालतका अध्यक्ष श्रीकान्त पाैडेलसहितको इजलाशले सम्पादक एलनलाई भ्रष्टाचारी ठहर गरेको हो । विशेषले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को १ र १(घ)को व्यवस्था अनुसार कसुर ठहर गरेको […]

काठमाडौं,१३ असार ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले सांसदहरुले एक महिनासम्म आफैंले विरोध गरेका मधेश विरोधी बजेट जसपा,लोसपा,नाउ पार्टीले अन्तिममा ताली पड्काएर पारित गरेको आरोप लगाएको छ। १५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा पेश गरेको बजेट बुधबार बहुमतले पारित भएको छ । बजेट पारित भएपछि फेसबुकमा स्टाटस लेख्दै जनमत पार्टी अध्यक्ष सीके राउतले […]

सिराह,१२ असार । सिरहाको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका गार्डको हत्या भएको छ । मिर्चैया नगरपालिका–८ का ६२ वर्षीय किशोरी रायको हत्या भएको हो ।रातिको समयमा ड्युटी गरिरहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । उनी ८ महिनादेखि कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]

परासी,१२ असार । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेका हुन् । पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए । हतियारले घाँटीमा लागेपछि […]

काठमाडौँ,१२ असार। बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मङ्गलवार काठमाण्डाैबाट पक्राउ गरेको हो । अनुसन्धानका क्रममा शाहलाई पक्राउ गरिएको ब्युरो प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्रचार्यले जानकारी दिनुभयो । शाह सरकारी सेवामा रहँदा शक्तिको दुरुपयोग गरी ललिता […]

काठमाडौं,१२ असार ।चालू आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) र प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) लाई परिपत्र गरेको छ। महालेखा नियन्त्रक कार्यालयले आइतबार सबै कोलेनिका र प्रलेनिकालाई पत्र पठाउँदै असार २४ गतेपछि भुक्तानी […]

बिरगंज ,१२ असार। वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ। पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले छ इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको हो। महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरिरहेको र आ–आफ्नो तार व्यवस्थापनका लागि पटक पटक समय दिँदा पनि अटेर गरेपछि […]