कैलाली ,२२ असार। कैलालीको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा इलाकाबाट बिहीबार सशस्त्र प्रहरीले विस्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। करिब २९ केजी ५ सय ग्राम गन्धकसहित भारत घर बताउने ४२ वर्षीय शिवा गुप्तालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। साइकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै […]
काठमाडौं ,१९ असार । चालु आर्थिक वर्ष २०८०/८१ मा विदेश जाने युवाको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार नौ वर्षअघि वैदेशिक रोजगारीमा जानेको संख्याले बनाएको रेकर्ड यसवर्ष तोडिएको हो । आर्थिक वर्ष २०७१/७२ मा श्रमिक नयाँ श्रम स्वीकृति र पुरानाको नवीकरण गरेर ६ लाख ९३ हजार ३२ जना श्रमिक विदेश […]
काठमाडौँ,१८ असार। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज साँझ बसेको निगम सञ्चालक समितिको बैठकले उक्त मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जाएकाे छ । निगमले काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ भने तराईमा प्रतिलिटर […]
काठमाडौँ,१८ असार। सत्ता गठबन्धनले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेकाे छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जनमतले दुई मन्त्रालयको दाबी गरे एक मन्त्री र एक राज्यमन्त्री दिनेगरी सहमति भएको पनि बताए । उनले भने,‘जनमतलाई […]
जनकपुरधाम,१८ असार।जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई.दीपक कुमार साहले आफ्ना पार्टीले जनतामा समर्पित भएर काम गर्ने प्रयास गरिरहेको बताए। न्यूजमधेशसंग कुरा गर्दै उपाध्यक्ष साहले संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि ल्याएको बजेट मधेश बिरोधी रहेको बताए।उनले,’हामी जुन कुरा उठाउँछौं, त्यसका लागि जनतामा समर्पित भएर काम गर्ने प्रयास गर्छौं । बजेटमा असन्तुष्टि […]
जनकपुरधाम,१७ असार । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी शाखाको चौथो महाधिवेशन सम्पन्न भएको छ। बिहिवार सम्पन्न चौथो महाधिवेशनबाट बुधेश्वर महराको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो।सह-अध्यक्षमा नन्दकिशोर मण्डल (मोहित ) रहेको छ। एनआरएमए साउदी शाखाको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रसाद यादव ,उपाध्यक्षहरुमा अशोक दास,सन्तोष कापर,गुणेश्वर यादव,शत्रुधन […]
काठमाडौं,१८ असार । जनमत पार्टी सरकारमा जान सकारात्मक देखिएको छ । जनमतले राखेका शर्तहरुप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकरात्मक देखिएपछि सरकारमा जाने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डलाई बिहान भेटेर जनमत पार्टीका अध्यक्ष सीके राउतले तीन शर्त राखेका थिए । बजेट, मधेस प्रदेशमा विना विभागीय बनाइएका आफ्ना दुई मन्त्री र संघमा मन्त्रीका विषयमा अध्यक्ष राउतले […]
जनकपुरधाम,१७ असार।मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा जनयुद्धका सहीद परिवारले तालाबन्दी गरेका छन् । मधेश शहीद प्रतिष्ठानले घोषणा गरे अनुरूप ३ लाख रुपैयाँ नदिएको भन्दै जनयुद्धका सहीद परिवारले मन्त्रालयमा आइतबार तालाबन्दी गरेका हुन् । विभिन्न जिल्लाबाट आएका जनयुद्धका शहीद परिवारले मन्त्रालयमा तालाबन्दी गर्नुअघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्न खाेज्दा उनी बाहिर रहेकाले भेट हुन नसकेपछि […]