२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

नेता महतो जनमत पार्टीमा प्रवेश

जनकपुरधाम,१ जेष्ठ ।बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी नेपालका नेता दिपेन्द्र कुमार महतो जनमत पार्टीमा प्रवेश गरेका छ्न। सोमबार जनमत पार्टी केन्द्रिय सचिवालय जनकपुरधामको कार्यलयमा एक कार्यक्रम बिच तत्कालीन नयाँ शक्ति पार्टी नेपालका सिरहा जिल्लाको सुशासन समितीका संयोजकसमेत रहेका नेता महतो जनमत पार्टीमा प्रवेश गरेका हुन। उनलाई जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा मधेश सरकारका […]

जनकपुरधाम,१ जेष्ठ । नेपाल विद्यार्थी संघ (नेविसंघ) धनुषा-२ को संयोजकमा जयनाथ यादवलाई मनोनित गरेको छ । आईतबार नेपाल विद्यार्थी संघ धनुषा अध्यक्ष सुजित यादवले एक पत्र जारी गर्दै नेविसं धनुषा जिल्ला क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजकमा जयनाथ यादवलाई मनोनित गरेका छन् । संयोजक यादव धनुषाको कमला नगरपालिका -३ लगमाका हुन् । उनिहाल जनकपुरधामको देवी […]

काठमाडौं ,१ जेष्ठ। काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण आजदेखि बन्द गरिएको छ । आयोजना स्थलको मुहानमा मर्मत सम्भार गर्न भन्दै पानी वितरण बन्द गरिएको हो । बितरण दुई सातासम्म बन्द रहने आयोजनाले जाएको छ । आयोजनाका अनुसार हेलम्बु वडा नम्बर १ मा रहेको मुहान तथा हेडवक्र्समा सिलिण्डर र गेट नम्बर १ मा जालीसहितका उपकरण राखेर […]

काठमाडौं ,१ जेठ। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । २० वैशाखमा प्रहरीले रायमाझीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी बुझेको थियो । त्यसयता पक्राउबाट बच्न उनी फरार रहँदै आएका थिए । पक्राउ पुँजी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्रहरीको विशेष ब्युरोले […]

काठमाडौं ,३१ बैशाख। नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण माथी अनुसन्धान नपुगेको भन्दै चार दिनको म्याद लिईएको छ । नेपाल प्रहरीले खाँणमाथी थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंवाट थप चार दिनको म्याद लिएको हो । यसअघि लिएको तीन दिनको म्याद आजै सकिदैँ थियो । नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन […]

काठमाडौँ,३० बैशाख । जनमत पार्टीका नेता डा.शरदसिंह यादवले नक्कली भुटानी शरणार्थी बनाएर बेचविखन गर्ने जो कोहीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।नक्कली भुटानी शरणार्थी अमेरिका पठाई ठगी गरेको विरुद्धमा आज जनमत पार्टीको तर्फबाट माइतीघर मण्डलमा प्रदर्शन गर्ने क्रममा नेता यादवले सो माग गरेका हुन् । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा जो–जो दोषी छन् सबैलाई […]

जनकपुरधाम,३० बैशाख । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका धनुषा जिल्लामाविभिन्न भातृ संगठनको पदाधिकारी चयन गरेको छ । सो पार्टीको युवा जनमत संघको संयोजकमा देव महरा, सहसंयोजकमा धर्मनाथ साह र सहसंयोजकमा इजाज अन्सारीलाई चयन भएका छन् । जनमत पार्टीका नेता बीपी साहका अनुसार चिकित्सक जनमत संघको जिल्ला संयोजकमा डा.अशोक साह, सहसंयोजकमा डा.सुनिल महासेठ र […]

न्यूजमधेश डेस्क सिरहा ,२९ बैशाख । मधेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय यादवले ग्राम उद्योग केन्द्रको शिलान्यास गरेका छ्न। सिरहाको औरही गाउँपालिका ५ स्थित प्रहरी चौकी नजिकै ग्राम उद्योग भवनको शुक्रबार एक कार्यक्रमबिच उद्योग केन्द्रको लागि भवनको शिलान्यास गरिएको छ । मधेशका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय यादवले आफ्नो संसदीय […]