जनकपुरधाम । रौतहटको चन्द्रपुर नगरपालिकामा जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष चन्द्रकिशोर बैठासहित तीन दर्जनभन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । बिहीबार चन्द्रपुरमा आयोजित दोस्रो नगर अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रममा जसपासहित विभिन्न पार्टीका तीन दर्जनभन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा जसपाका जिल्ला सदस्य राम नाथ साह,टेक […]
जनकपुरधाम । केन्द्रमा फेरिएको सत्ता समीकरणले मधेस प्रदेशको सरकारमा उथलपुथल ल्याएको छ । एमाले–कांग्रेसको नयाँ समीकरण बनेपछि २७ दिन अगाडि बनेको मुख्यमन्त्री सतिस सिंहको सरकार नै यथावत रहन्छ वा अर्को सरकार बन्छ भन्ने अन्योल बढेको हो । जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोसपा नेपालले मधेसमा आ–आफ्नै नेतृत्वमा सरकार बनाउने ‘लबिङ’ सुरु गरेपछि सदनमा […]
काठमाडौं । यूरोपियन यूनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि १ करोड २० लाख बराबरको अनुदान रकम दिने भएको छ । यूरोपिएन यूनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत तीन प्रदेशका ६ निजी प्लास्टिकजन्य फोहोरमैला उद्यम सञ्चालन गरी रहेका संस्थालाई प्रदान गरिने परियोजनाका प्रमुख […]
काठमाडौं । एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई केही बेरअघि राजीनामा बुझाए । राजीनामा बुझ्ने क्रममा प्रधानमन्त्री दाहालले कुनै राजनीतिक टिप्पणी गरेनन् । प्रधानमन्त्रीले गायक फत्तेमानको एउटा गीत सम्झिएको एक मन्त्रीले बताए । ‘मैले एउटा गीत सम्झिरहेको छु- यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले… कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले… […]
काठमाडौँ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । बालाजुबाट बुधबार बिहान पक्राउ परेका उप्रेतीलाई बालाजु प्रहरीवृत हुँदै अहिले महाराजगञ्ज प्रहरीवृतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था […]
काठमाडौं । जनमत पार्टीका केन्द्रिय प्रवक्ता डा.शरद सिंह यादवले मधेस प्रदेश सरकारमा कांग्रेस–एमाले गठबन्धनले सहयोग गरे केन्द्रीय गठबन्धनमा आफू सहभागी हुने बताएको छ । प्रवक्ता डा.यादवले जनमत पार्टीको प्राथमिकता मधेस सरकार भएकाले सोहीअनुरूप केन्द्रमा सहमति हुने बताए । “हाम्रो प्राथमिकता मधेस प्रदेश हो । हामीलाई मधेस सरकारमा सहयोग गर्छ भने हामी केन्द्रमा कांग्रेस–एमाले गठबन्धनलाई सहयोग […]
जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहले धनुषामा एक मन्दिरको शिलान्यास गरेका छन् । मंगलबार जिल्लाको धनुषाधाम नगरपालिका-४ लक्ष्मिपुरमा एक कार्यक्रमबीच रामजानकी मन्दिरको शिलान्यास गरेका हुन् । उक्त मन्दिर जनताको सहयोगबाट निर्माण हुने स्थानीयले बताए । शिलान्यास कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य जयकुमार मण्डल, अशोक साह, प्रदेश सभा प्रत्यासी दिप नारायण यादब, विद्यार्थी जनमत […]
काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइ आज नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा आज सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो । यसअघि, न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त […]