जनकपुरधाम ,३ श्रावण। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा माग्दै इन्जिनियरहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका छन् । मुख्यमन्त्री कार्यालय क्षेत्रमा प्रदर्शन निषेध गरिएको छ ।तर ,निषेधित क्षेत्रमा पुगेर इन्जिनियरहरु प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शन गर्न पुगेका इन्जिनियर र प्रहरीबीच सामान्य झडपसमेत भएको छ । कलकारखानामा स्वदेशी इन्जिनियरलाई […]
जनकपुरधाम,२ श्रावण ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नै पार्टी कार्यालय निर्माण गर्नको लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष डा.सीके राउतको अध्यक्षता बसेको केन्द्रिय सचिवालयको बैठकबाट यस्तो निर्णय गरेका हुन।दुई दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले पार्टी कार्यालय निर्माणका लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको हो । अक्षयकोषमा रकम संकलन गर्न दाताहरुलाई आह्वान […]
राजविराज ,२ श्रावण । सप्तरीको कञ्चनरुप-१२ की एक नाबालिगलाई जबर्जस्ती करणी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाश पोख्रल, दिपेश सुवेदी, सुदीप भुजेल र मनोज विश्वकर्मा छन्। उनीहरुले नाबालिगलाई डरधम्की देखाउँदै असार २९ जबरजस्ती करणी गरेको र ३१ गते उक्त घटनाबारे पीडितले आफ्ना अभिभावकलाई बताएकी थिइन्। उक्त घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुन […]
सिरहा,२ श्रावण ।सिराहाको लहान नगरपालिका– १० गुदीगाउँस्थित सडकमा मंगलबार बिहान एक वृद्धको शव भेटिएको छ । लहान नगरपालिका – १४ बस्तीपुरस्थित छोराबुहारीको घरमा आएका करिब ७३ वर्षीय गंगाबहादुर परियारको शव भेटएको हो। लहान नगरपालिका– १७ रुम्जाटार मूल घर भएका परियार केही दिन पहिले लहान– १४ बस्तीपुरमा बसोवास गर्दै आएका छोराबुहारी भेट्न आएको स्थानीय घोपेन पासवानले […]
सुनसरी ,१ श्रावण। सुनसरीको बराहक्षेत्रमा ५ जना युवतीको समूहले ३ जना युवतीमाथि गरेको कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । प्रेमीको कुरा काटेको निहुँमा सुनसरी बराहक्षेत्र–९ को राजाबास (कोशी किनार) मा गत शुक्रबार युवतीको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । युवतीको एक समूहले अर्को समूहमाथि […]
बाँके,१ साउन । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्छन् । उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उनको घर छेउमा आएर हर्न बजाउँछ । अनि शशीरामले तयार पारी राखेको २५ लिटर दूधको भाँडो बिहान जसरी नै उठाएर लैजान्छ […]
जनकपुरधाम,३० असार। मधेस प्रदेशमा समायोजन भई आएका निजामती कर्मचारीसम्बन्धी सम्पूर्ण कार्य प्रदेशबाटै हुने भएको छ । प्रदेशका निजामती कर्मचारीहरूको अध्यावधिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहने गरी प्रदेश निजामती किताब खानाको स्थापना गरिएको छ । राष्ट्रिय किताब खानाले कर्मचारीहरूको आध्यावधिक गर्दै आएकोमा अव मधेस प्रदेशमा आएका कर्मचारीहरूको सम्पूर्ण विवरण रहेको पीआईएस पोर्टलको संचालनका लागि […]
बारा,३० असार ।मधेश प्रदेशका बारा जिल्लामा अहिलेसम्म ३० प्रतिशत धान रोपाई भएको छ । कृषि ज्ञान केन्द्र कलैयाकाअनुसार जिल्लाको दक्षिण भेगको तुलनामा उत्तरतर्फ रोपाइँ बढी भएको छ । यसपटक लगातारको खडेरीका कारण किसानले समयमै बीउ राख्न नपाएको, ढिलो गरी राखेको बीउ तयार हुन समय लागेको र पानी पनि कम परेको किसानहरूको गुनासो छ । कृषि […]