२५ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

प्रोफेसर यादव जनमतमा प्रवेश,अध्यक्ष राउतले गरे स्वागत

जनकपुरधाम,५ साउन। पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रोफेसर राजकुमार यादव (आरके) जनमत पार्टीमा प्रवेश गरेका छन। बिहिबार जनमत पार्टीको केन्द्रिय कार्यलय बुद्धनगरमा एक कार्यक्रम बिच प्रोफेसर यादवले जनमत पार्टी प्रवेश गरेका हुन। उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र अबिरको टीका लगाएर पार्टीमा स्वागत गरेको हो। प्रोफेसर यादवलाई पार्टीको सदस्यतासमेत प्रदान गरेको जनमत पार्टीका उपाध्यक्ष […]

बर्दिया,५ साउन। बाहिरबाट हेर्दा ठुलो भवन सुविधासम्पन्न छ। बर्दिया अस्पतालको सुविधासम्पन्न भवनमा अक्सिजनसहितको २५ शय्या हाई डिपिन्डेन्सी युनिट (एचडियु) र आइसियुको व्यवस्थापन गरिएको छ। २५ शय्यामध्ये १३ शय्यामा आइसियु सञ्चालन गर्ने गरी संरचना निर्माण गरिएको छ। यी सबै सुविधासम्पन्न भवन र स्वास्थ्य उपकरणसहितको शय्या निर्माणका लागि जिल्लाका विभिन्न पालिका र अस्पताल आफैँले करोडौँ रकम खर्च […]

काठमाडौं,४ साउन। अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट छ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको कैलारी गाउँपालिका– ३ सुर्मिनलाबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय ३० मिलिग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका १४ सि गाउँ बस्ने २७ वर्षीय विक्रम लामिछाने मगर, सोही ठाउँ बस्ने १८ वर्षीय र १७ […]

काठमाडौं,४ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ ।

काठमाडौँ ,४ साउन। जनमत पार्टीले पार्टीको नीति नियम अनुसार नचलेको आरोपमा पाँच नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा बाराका नेता शिवचन्द्र कुशवाहाले अनुशासनहिनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरुद्ध लागेको भन्दै उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरिएको छ । त्यस्तै सप्तरीका जनमत पार्टीका नेता गुलाब मण्डल मन्दिरको व्यवस्थापन समितिको निर्वाचनमा बागी […]

बिराटनगर,४ श्रावण। कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार आव २०७९/८० मा ३ हजार ५ सय १० सवारीसाधन दुर्घटना हुँदा ४ सय १२ […]

जनकपुरधाम ,३ श्रावण। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा माग्दै इन्जिनियरहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका छन् । मुख्यमन्त्री कार्यालय क्षेत्रमा प्रदर्शन निषेध गरिएको छ ।तर ,निषेधित क्षेत्रमा पुगेर इन्जिनियरहरु प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शन गर्न पुगेका इन्जिनियर र प्रहरीबीच सामान्य झडपसमेत भएको छ । कलकारखानामा स्वदेशी इन्जिनियरलाई […]

जनकपुरधाम,२ श्रावण ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नै पार्टी कार्यालय निर्माण गर्नको लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष डा.सीके राउतको अध्यक्षता बसेको केन्द्रिय सचिवालयको बैठकबाट यस्तो निर्णय गरेका हुन।दुई दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले पार्टी कार्यालय निर्माणका लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको हो । अक्षयकोषमा रकम संकलन गर्न दाताहरुलाई आह्वान […]