राजविराज ,२ श्रावण । सप्तरीको कञ्चनरुप-१२ की एक नाबालिगलाई जबर्जस्ती करणी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाश पोख्रल, दिपेश सुवेदी, सुदीप भुजेल र मनोज विश्वकर्मा छन्। उनीहरुले नाबालिगलाई डरधम्की देखाउँदै असार २९ जबरजस्ती करणी गरेको र ३१ गते उक्त घटनाबारे पीडितले आफ्ना अभिभावकलाई बताएकी थिइन्। उक्त घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुन […]
सिरहा,२ श्रावण ।सिराहाको लहान नगरपालिका– १० गुदीगाउँस्थित सडकमा मंगलबार बिहान एक वृद्धको शव भेटिएको छ । लहान नगरपालिका – १४ बस्तीपुरस्थित छोराबुहारीको घरमा आएका करिब ७३ वर्षीय गंगाबहादुर परियारको शव भेटएको हो। लहान नगरपालिका– १७ रुम्जाटार मूल घर भएका परियार केही दिन पहिले लहान– १४ बस्तीपुरमा बसोवास गर्दै आएका छोराबुहारी भेट्न आएको स्थानीय घोपेन पासवानले […]
सुनसरी ,१ श्रावण। सुनसरीको बराहक्षेत्रमा ५ जना युवतीको समूहले ३ जना युवतीमाथि गरेको कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । प्रेमीको कुरा काटेको निहुँमा सुनसरी बराहक्षेत्र–९ को राजाबास (कोशी किनार) मा गत शुक्रबार युवतीको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । युवतीको एक समूहले अर्को समूहमाथि […]
बाँके,१ साउन । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्छन् । उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उनको घर छेउमा आएर हर्न बजाउँछ । अनि शशीरामले तयार पारी राखेको २५ लिटर दूधको भाँडो बिहान जसरी नै उठाएर लैजान्छ […]
जनकपुरधाम,३० असार। मधेस प्रदेशमा समायोजन भई आएका निजामती कर्मचारीसम्बन्धी सम्पूर्ण कार्य प्रदेशबाटै हुने भएको छ । प्रदेशका निजामती कर्मचारीहरूको अध्यावधिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहने गरी प्रदेश निजामती किताब खानाको स्थापना गरिएको छ । राष्ट्रिय किताब खानाले कर्मचारीहरूको आध्यावधिक गर्दै आएकोमा अव मधेस प्रदेशमा आएका कर्मचारीहरूको सम्पूर्ण विवरण रहेको पीआईएस पोर्टलको संचालनका लागि […]
बारा,३० असार ।मधेश प्रदेशका बारा जिल्लामा अहिलेसम्म ३० प्रतिशत धान रोपाई भएको छ । कृषि ज्ञान केन्द्र कलैयाकाअनुसार जिल्लाको दक्षिण भेगको तुलनामा उत्तरतर्फ रोपाइँ बढी भएको छ । यसपटक लगातारको खडेरीका कारण किसानले समयमै बीउ राख्न नपाएको, ढिलो गरी राखेको बीउ तयार हुन समय लागेको र पानी पनि कम परेको किसानहरूको गुनासो छ । कृषि […]
लोकेन्द्र प्रसाद यादव बोदे बर्साईन,३० असार। सप्तरीको बलान बिहुल गाउँपालिकाले आफ्नै सात कोठे नव -निर्मित प्रशासनिक भवनको शुक्रबार गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव र उपाध्यक्ष रेणु यादवले संयुतm रुपमा समुद्घाटन गरेको हो । साविक मलहनियाँ गाउँ विकासको कार्यालयको सांघ्रो ठाउँबाट सेवा प्रदान गर्दै आएका गाउँपालिकामा सेवा लिने सेवाग्रहीहरु ठाउँ अभावमा सास्ती खेप्दै आएको थियो । आफनै […]
काठमाडौं,२९ असार । डा सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले विभिन्न केन्द्रीय समिति विस्तार गरेको छ। सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो। बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिए। उनका अनुसार […]