१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

मधेश विशेष

जनमत पार्टीको सचिवालय बैठक बस्दै

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आज सचिवालय बैठक बस्दैछ। समसामयिक बिषयमा छलफल गर्नको लागि अध्यक्ष डा. सिके राउतले पार्टी कार्यालयमा बस्नेगरी सचिवालयको बैठक बोलाएको प्रवक्ता डा. शरद यादवले बताए। उनका अनुसार बैठकमा संगठन, हुँदै गरेको वडा अधिवेशन, मधेश सरकारबाट बाहिरिएपछि आवस्था, उपनिर्वाचन लगाएको बिषयमा छलफल हुनेछ। गठबन्धनप्रति असन्तुष्टि जनाउँदै जनमतले मधेश सरकारबाट बाहिरिसकेको […]

सिरहा । सुखीपुर नगरपालिका-९ का बुधराम मण्डलकी छोरी कुमारी ज्योतिको विवाह खर्च जुटाउन गणेश इँटा उद्योग सुखीपुरका सञ्चालक समाजसेवी रामचन्द्र साहले ६१ हजार नगद र एउटा ग्यास चुलो सहयोग स्वरूप उपलब्ध गराएको छ। तराई मधेशमा दाइजो प्रथा र तडकभडकको साथ विवाह गर्ने प्रथा झाँगिदै गइरहेकाले अभिभावकलाई ठुलो समस्या पर्ने गरेको छ । इँटा उद्यमीको सहयोग […]

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न पश्चात् पूजापाठ गरेर शनिबारबाट आवतजावत खुला गरिएको छ । सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भएको सो झोलुङ्गे पुल एक हजार ५०१ मिटर लामो र चार फिट चौडाइ रहेको छ […]

जनकपुरधाम।मधेस प्रदेशको सर्लाही जिल्लाको हरिवनबाट नक्कली नेपाली नोट र लागु औषधसहित २ जना पक्राउ परेका छन्। हरिवन नगरपालिका-११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो सर्लाही प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रौतहट माधव नारायण नगरपालिका-२ बस्ने […]

जनकपुरधाम । मधेश आन्दोलनका योद्धा कृष्णा पटेल जनमत पार्टीमा प्रवेश गरेका छन् । आज पर्सामा एक कार्यक्रमबीच नेता पटेल जनमत प्रवेश गरेका हुन् ।उनलाई जनमत पार्टीका नेताकार्यकर्ताहरुले खादा लगाएर पार्टीमा स्वागत गरेको छ । नेता पटेल तत्कालीन नेपाल सदभावना पार्टी पर्सा जिल्ला अध्यक्षसमेत रहेका थिए।

काठमाडौं । मधेश प्रदेश सरकारले ल्याएको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भएको भ्रष्टाचार काण्डमा तत्कालीन प्रदेशसचिव यामप्रसाद भुसाल र सिडिई भगवान झा दोषी ठहर भएका छन्। विशेष अदालतले उनीहरुलाई १० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार भएको मुद्दामा दोषी ठहर गर्दै ३/३ महिना कैद सजाय सुनाएको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार न्यायाधीशत्रय […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत दमन र भ्रष्टाचारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । सीमान्तकृत र दलितमाथि गरेको विभेद, दर्जनौं काण्डमा गरेको चरम भ्रष्टाचार र मधेसमा लादेको जंगलराज र गुण्डाराजको विरोधमा जनमत पार्टीद्वारा समर्थन फिर्ता । मन्त्रीद्वयको राजीनामा । दमन र भ्रष्टाचारको विरूद्ध आन्दोलन थाल्ने अध्यक्ष डा.राउतले बताए । जनमत पार्टीले मधेस सरकारलाई […]

जनकपुरधाम । भारतको अयोध्यामा भएको श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामसहित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ । हिन्दूवादीहरुले जानकी मन्दिरमा ‘जय श्रीराम’ अंकित दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रममा ठूलो संख्यामा नगरबासी सहभागी भएका थिए । जनकपुरधामको घर घरमा दीपावली गरिएको छ । जनकपुरधाम भगवान श्रीरामको ससुराल हो ।अयोध्यामा भगवान […]