०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

मधेश विशेष

मधेस प्रदेश राजधानीमै छैन खानेपानी

जनकपुरधाम । मधेस प्रदेशका नौ लाख ३१ हजार तीन सय ३१ घरधुरीमध्ये झण्डै ७७ प्रतिशतको पिउने पानीको मुख्य स्रोत ट्युबवेल अर्थात् चापाकल रहेको तथ्य सार्वजनिक भइसकेको छ । तर भूमिगत पानीको सतह घट्दै गएकाले पछिल्लो समय चापाकलमा पानी सुक्दै गएको गुनासो यहाँका बासिन्दा गर्छन् । नागरिकले पिउने पानीकै लागि समस्या भोग्नुपर्ने अवस्था आए पनि चापकलको […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले अधिकार अझै नपाएको भन्दै आन्दोलनका लागि तयार हुनुपर्ने बताएका छन् । सिरहाको लहानस्थित शहिद रमेश महतोको शालिकमा माल्यार्पण र श्रद्धाजली दिदै उनले भने, ‘रमेश महतो सहादत दिएको १७ वर्ष वित्यो । संघीयता आयो । तर अधिकार पाएनौं । विभेद पनि कायमै छ । त्यसैले जनमत पार्टी संघर्षका […]

जनकपुरधाम । बलिदानी दिवसको अवसरमा जनमत पार्टीले विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर १ स्थित विपन्न बस्तीमा दर्जनौं परिवारलाई कम्बल वितरण गरेको विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र कुमार यादवले जानकारी दिएको छ। मधेश आन्दोलनका आन्दोलनकारी परिवार दर्जनौं परिवारलाई जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साह,विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष […]

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याज ऋणीकाे एक समूहले एक साहु (महाजन)लाई कुटपिट तथा दुर्व्यवहार गरेका छन् । सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरुको समूहले कुटपिट गरेको हो । गोइतको टाउको फुटेको छ । उनी कानूनी व्यवसायी रहेको बुझिएको छ । मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि उनीहरुलाई प्रशासनले छलफलका लागि […]

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज ‘मधेश स्वाभिमान दिवस’ मनाइँदैछ । जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला संस्कृति केन्द्रमा प्रदेश सरकारले दिवस मनाउन कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रममा मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो कार्यकालको एकवर्षे उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् ।‌ तर सत्तारुढ जनमत पार्टीले नै प्रदेश सरकारले गरेको भ्रष्टाचारको छानविन गर्न माग […]

धनुषा । विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ । शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । चिसोका कारणले दम […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मुलुकमा चार राजनीतिक दलको सिन्डिकेटका कारण जनतामा निराशा छाएको आरोप लगाएका छन् । रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले चार दलले राज्यको हरेक अंगमा कब्जा गरेको टिप्पणी गरे । दलहरूको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध जनताले निकास खोज्दा गणतन्त्रभन्दा राजतन्त्र नै राम्रो प्रणाली ठीक हो कि ? भन्ने […]

जनकपुरधाम । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका लागि जनकपुरधाममा जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८० हुने भएको भएको छ । मैथिली विकास कोषको बुधबारको बैठकले आउँदो माघ १८ गतेदेखि २२ गतेसम्म हुने जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । महोत्सव जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला […]