२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मधेश विशेष

मधेश प्रदेशका बिनाविभागीय मन्त्रीहरूको तोकियो जिम्मेवारी

न्यूजमधेश डेस्क जनकपुरधाम, १० माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले उनीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकिएको हो । मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका संजय यादवलाई अर्थ मन्त्रालय र जनमत […]

न्यूजमधेश डेस्क काठमाडौं ,१० माघ। जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद डा.सीके राउतले बोल्न दिइएको समयबारे प्रश्न उठाएका छन्। ठूला दलका सांसदलाई धेरै समय र साना दलका सांसदलाई थौरै समय दिइएकोमा उनले आपत्ति जनाएका हुन्। ‘संसदमा धन्यबाद दिनका लागि नै कसैलाई ९० मिनेट र कसैलाई ५ मिनेट समय छुट्याउनु कसरी उपयुक्त हो?,’ उनले भने, […]

न्यूजमधेश डेस्क राजविराज ,६ माघ।मधेश प्रदेशसभा सदस्य तथा जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले राजविराज नगरपालिकाको विकासका लागि मास्टर प्लानको आवश्यकता रहेको बताएका छन् । शुक्रबार राजविराज नगरपालिकामा आयोजित एक कार्यक्रमको प्रमुख अतिथिको आसन्नबाट बोल्दै प्रदेशसभा सदस्य यादवले यस्तो बताएका हुन् । उनले नगर क्षेत्र भित्र रहेका समस्याहरुको पहिचान गरि त्यसको […]

न्यूजमधेश डेस्क सप्तरी ,५ माघ।सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका-२ लौनियामा क्रिकेट प्रतियोगिता-२०७९को उद्घाटन गरिएको छ । लौनिया युथ क्रिकेट समितिको आयोजना तथा तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर २को सहयोगमा हुन लागेको यस प्रतियोगिताको बिहिबार एक कार्यक्रम बिच उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य सतिश कुमार सिंहले आयोजक लगायत खेलाडीहरुसँग क्रिकेट टेनिस बलले नभई […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ माघ। जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनमा शहीद भएकाहरुको सम्झनामा संसदमा मौनधारण गराएका छन् । प्रतिनिधिसभामा सभामुखको निर्वाचन भइरहेको छ । सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेदवार छन् । मतदानअघि संसदमा भएको छलफलमा भाग लिँदै राउतले मधेशी र थारु समुदायलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको नारा दिएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ माघ। बलिदानी दिवसको अवसरमा जनमत पार्टी सिरहाले लाहानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। आज १६ औं बलिदानी दिवसको अवसरमा शहिदको सम्मान र सम्झनामा लहानको सहिद पार्क नजिकै मधेश प्रदेशका सांसद त्रिभुवन साह,संजय यादवलगाइतका सांसदहरु रक्तदानमा सहभागी भएका हुन्। मधेश आन्दोलनमा शहिदले दिएको बलिदानीको बलमा संविधानमा संघीयाता स्थापित भैरहेको जनमत पार्टीका नेता […]

न्यूजमधेश डेस्क सिरहा,२ माघ।मधेश प्रदेशका मन्त्री एवं जनमत पार्टीका उपाध्यक्ष ईन्जिनियर बशन्त कुशवाहाले मधेश आन्दोलनका शहीद परिवारहरूसँग भेटघाट गरेका छन्। मधेश आन्दोलनका क्रममा सिरहा जिल्लामा शहीद भएका रमेश महतोको आमाबाबुसँगै उनका परिवारका सदस्यहरुलाई मन्त्री कुशवाहाले भेटेका हुन् । यसैगरी, शहीद प्रमोद सादा र बिजय सहनीको परिवारलाई पनि मन्त्री कुशवाहाले सम्मान गरेका छन् । सोही क्रममा […]

न्यूजमधेश डेस्क कमला,२८ पौष ।धनुषाको हसपुर नगरपालिका -७ लौवाखोयर परसाहीका असर्फ नदाफलाई बचाउनको गल्फ सेवा समाज कतारले रु ५१ हजार सहयोग प्रदान गर्नुभएको छ। मिर्गौला फेल भएका नदाफको उपचारका लागि आर्थिक अभाव भएपछि कतारमा रहेका गल्फ सेवा समाजले आर्थिक सङ्कलन गरी सो रकम पीडितलाई प्रदान गरेको हो । गल्फ सेवा समाज कतारले आर्थिक सङ्कलन गरेर […]