१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

मधेश विशेष

मैले समूह परिवर्तन गरेको छैन, म आफै मन्त्री नबनेको हुँः नेता यादव

न्यूजमधेश डेस्क काठमाडौं, २६ जेष्ठ । जनता समाजवादी पार्टी, (नेपाल जसपा) वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजकिशोर यादवले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टीभन्दा व्यक्तिगत स्वार्थ ठूलो हुन नसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान अन्तर्वार्ताका क्रममा नेता यादवले पार्टी एकताका लागि प्रयास गरिरहेको बताए । उनले जसपालाई विभिन्न शक्तिहरूले कमजोर बनाउन लागेको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२२ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभावशाली नेता उमाशंकर अरगरिया मन्त्री बनेका छन् । उनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री पद सम्हालेलगत्तै उनले क्रान्तिकारी निर्णयबाट कार्यभार सुरु गरेका छन् । उनले मधेसमा कायापलट गर्न भिजनका साथ जनकपुरधामको रामजानकी मन्दिरलाई विश्व सम्पदा सूची (युनेस्को) मा […]

अजय साह जनकपुरधाम,२१ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) व्यावहारिक रूपमा विभाजित भइसकेको छ तर कानुनी र औपचारिक फुटको घोषणा हुन बाँकी छ। जसपाको औपचारिक विभाजन भएमा प्रदेश २ मा सत्ता समीकरण परिवर्तन हुनसक्ने तीव्र सम्भावना पनि बढेको छ भने मुख्यमन्त्री राउत नेतृत्वको सरकार ढाल्नेसमेत प्रयास सुरु भएको छ। प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् । जसपाको यो समूहले सरकारमा सहभागी हुनेबारे आजै निर्णय गर्नेछ । जसपामा एकले अर्को पक्षमाथि कारवाहीको तयारी समेत भइरहेका बेला एमाले र जसपा नेताहरुबीच सत्ता गठबन्धनबारे छलफल हुन लागेको हो । छफलमा […]

न्यूजमधेश डेस्क काठमाडौं,१६ जेष्ठ ।जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको अन्तिम संघारमा पुगेको छ। अध्यक्षहरूबीच स्पष्टीकरण ‘युद्ध’ सुरू भएसँगै जसपा विभाजनको डिलमा पुगेको हो। दुवै अध्यक्षले एक अर्कालाई २४ घण्टाको अल्टिमेटम दिँदै सोधेको स्पष्टीकरणको म्याद आइतबार सकिँदैछ। तर, दुवै जवाफ नदिने ‘मुड’ मा देखिएका छन्। ८ जेठमा जसपा अध्यक्ष उपेन्द्र यादवले तीन दिनको अल्टिमेटम दिँदै […]

न्यूजमधेश डेस्क काठमाडौं, १४ जेष्ठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा ४३० जना कैदीबन्दीको सजाय माफ गरिन्। मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा २७६ लगायत फौजदारी कसुर ऐन, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, सर्वोच्च अदालतको संयुक्त इजलासबाट मिति ०७७ साउन १९ मा भएको परमादेशलगायतका आधारमा कैदीबन्दीको सजाय माफ गरियो। यस्तो सूचीमा जनता समाजवादी पार्टी (जसपा) का निलम्बित […]

न्यूजमधेश डेस्क काठमाडौं ,१३ जेष्ठ ।प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा पहिलोपटक गरेको संसद् विघटनको विषयमा दुई धार बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजनको चरणमा प्रवेश गरेको छ। अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले एक–अर्कालाई स्पष्टीकरणपत्र पठाउँदै कारबाहीको तयारी गरेपछि जसपाको संकट विभाजनउन्मुख बनेको खबर आजको नयाँ पत्रिका दैनिकमा दिपेश शाहीले लेखेका छन्। मंगलबार […]

न्यूजमधेश डेस्क काठमाडौं , १२ जेष्ठ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन […]