२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

राजनीति

धनुषामा विभिन्न पार्टीका दर्जनौं नेता जनमत पार्टीमा प्रवेश

जनकपुरधाम ,२९ साउन । धनुषामा नेपाली कांग्रेस,नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेताकार्यकर्ताहरू जनमत पार्टिमा प्रवेश गरेका छन् । सोमबार जनमत पार्टीको जनकपुरधामस्थित रहेको सचिवालयमा एक कार्यक्रमबीच नेकपा एमाले हंसपुर नगरपालिका-८ का वडासचिव राकेश कुमार मण्डल,लोसपाका नेता शत्रुधन अधिकारी,नेपाली कांग्रेसका नेता लक्ष्मी कुमार यादव,मिथिला विहारी नगरपालिकाका युवा नेता श्यामकुमार यादवलगाईत विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ता […]

काठमाडौँ ,२९ साउन। नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताएकी छन् । सोमवार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेकी उनले आफ्नो मन्त्रालयले आम नागरिकलाई दिने सेवा सहज ढंगले अघि बढाउने कामलाई आफूले प्राथमिकता दिने बताएकी हुन् । सञ्चारकर्मीमाझ […]

काठमाडौं,२९ साउन । जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् । यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो । यसअघि पनि जनमत एक मन्त्रीसहित […]

काठमाडौं,२९ साउन। जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहले आज (सोमबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदको शपथ खाँदै छिन्। राष्ट्रपतिको सचिवालयका अनुसार साहले अहिले बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ खाने कार्यक्रम छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीलाई हटाएर […]

काठमाडौँ,२८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आइबार नै जनमत पार्टीलाई सरकारमा सामेल गराउने तयारी गरेको भए पनि त्यो सोमबारका लागि सरेको छ । चितवन पुगेका प्रधानमन्त्री काठमाडौँ आएपछि पार्टीको बैठकमा व्यस्त भए । बैठकबाट पार्टीका मन्त्री अमनलाल मोदीलाई फिर्ता गरेर उनको ठाउँमा जनमत पार्टीकी नेता तथा सांसद अनिता देवी साहलाई मन्त्री बनाउने सहमति गराए । […]

जनकपुरधाम,२८ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको आफ्नै भतिजसहित सयौं जना जनमत पार्टीमा प्रवेश गरेका छन् । शनिबार मोत्तरीको सोनमा गाँउपालिका -४ खेसरहामा एक कार्यक्रमबीच लोसपाका अध्यक्ष ठाकुरको आफ्नै भतिज सुर्यनारायण ठाकुरसहित लोसपाका सयौं जना नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् । जनमत पार्टीका केन्द्रिय सदस्य बिरेन्द्र कुमार मण्डलले नेता ठाकुरलाई पार्टीको […]

काठमाडौं,२८ साउन । नेकपा एमालेले ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललाई तत्काल पक्राउ गनुपर्ने बताएको छ । आइतबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेताहरुले यस्तो माग राखेका हुन् । सर्वोच्च अदालतले अनुसन्धान गर्न आदेश दिएपनि हालसम्म नेपाल र भट्टराईलाई सोधपुछसम्म नगरेकोप्रति एमालेले आपत्ति जनाएको छ। एमाले […]

काठमाडौं ,२८ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज जनमत पार्टीकी सांसद अनितादेवी साहलाई मन्त्रीमा नियुक्त गर्ने बताइएको छ । जनमतले साहको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरिसकेको छ । तर कुन मन्त्रालय दिने […]