२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

राजनीति

जनमत पार्टीले मतदान गराएर आफ्नो जनप्रतिनिधिहरूको मूल्यांकन गर्दै

जनकपुरधाम,२७ साउन । जनमत पार्टीले आफ्ना स्थानीय जनप्रतिनिधिहरुको मतदानमार्फत मूल्यांकन गर्दैछ । स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको अनुमोदन मूल्यांकन अर्थात एप्रुभल रेटिङ्गका लागि विभिन्न स्थानीय तहमा आज मतदान भइरहेको पार्टीका सचिव बीपी साहले जानकारी दिएका छन् । निर्वाचित पालिका प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्षसम्मको मूल्यांकनका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको साहले बताए । […]

जनकपुरधाम,२६ साउन।बहुजन समाज पार्टी नेपालका पुर्व राष्ट्रिय अध्यक्ष गंगा महरा जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। शुक्रबार जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यलय काठमाडौंको बुद्धनगर पुगेर पुर्व अध्यक्ष गंगा महरा जनमत पार्टीमा प्रवेश गरेका हुन। उहाँलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाउदै पार्टीको सदस्यता प्रदान गरि पार्टीमा स्वागत गर्नुभएको हो। साथै ,नव प्रवेशी […]

काठमाडौं,२६ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा बयान दिन तयार रहेको बताएका छन् । बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यस्तो बताएका हुन् । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा उनले आफू सहयोग गर्न तयार रहेको बताए। […]

काठमाडौं,२६ साउन। सत्ता-गठबन्धनमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा) ले गौर हत्याकाण्डबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी जसपाले धारणा सार्वजनिक गर्न लागेको हो। गौर हत्याकाण्डका पीडितहरु आन्दोलनमा उत्रिएपछि सरकारले घटना छानबिन गर्ने सम्झौता गरेको थियो। सरकारले पीडितसँग हत्याकाण्डको छानबिन गर्ने सम्झौता गरेपछि जसपा उक्त घटनाका बारेमा आफ्नो धारणा सार्वजनिक गर्न […]

काठमाडौं,२५ साउन । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाएका छन् । डाक्टरको नक्कली सर्टिफिकेट बनाएको सम्बन्धमा अनुसन्धानका लागि शर्मालाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । शर्मा मोरङ- ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले मोरङमा नोबेल मेडिकल […]

काठमाडौँ ,२४ साउन। डा.सिके राउत नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिहरूको मागप्रति ऐक्यबद्धता जनाएको छ । अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसर पारेर बुधबार दिउँसो सो पार्टीका नेताहरुले काठमाडौँको माइतीघर मण्डलामा भेला भई आदिवासी, जनजातिहरुले सरकारसँग राखेका मागप्रति ऐक्यबद्धता जनाएका हुन् । आफ्नो पार्टी पनि आदिवासी, जनजाति, मधेसी समुदाय र पिछडिएका समुदायहरुको हक, अधिकारका लागि […]

जनकपुरधाम,२४ साउन।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आज झापा जान लागेका छ्न। झापा जान लागेका जनमत पार्टीको अध्यक्ष डा.राउत बुधबार दमकमा अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। साथै ,जनमत पार्टीमा प्रवेश गर्न चाहने झापा,मोरंग र सुनसरीका व्यक्तिहरुलाई ९८०४७९३८८० मा सम्पर्क गर्न आग्रहसमेत गरेका हुन।

काठमाडौं,१९ साउन। डा.सीके राउत नेतृत्वकाे जनमत पार्टीले मधेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई शनिबार ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । यस्तै जनमतका नेताहरूले खडेरीलगायत प्राकृतिक प्रकोपको दिगो नियन्त्रणका योजना बनाएर सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका […]