न्यूजमधेश डेस्क सप्तरी ,१२ जेष्ठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले सप्तरीको बलान बिहुल गाउँपालिकाको विद्यालयदेखि कटान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । जनमत पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई दिन पुगेका अध्यक्ष डा राउत गाउँपालिकाका वडा कार्यलय, विद्यालय, स्वास्थ्य चौकी र बलान नदिको कटान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उनले यी क्षेत्रको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१२ जेष्ठ ।जनकपुरधाममा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकका नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिको रुपमा काँग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधान मन्त्री बिमलेन्द्रनिधिलाई राखेकोले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन् । स्वतन्त्रबाट मेयरमा निर्वाचित मनोजसाह सहित काँग्रेसका निर्वाचित जनप्रतिनिधिले निधिलाई […]
मनोज मोरबैता जनकपुरधाम,१२ जेष्ठ ।धनुषाको कमला नगरपालिकाका नवनिर्वाचित मेयर विशेश्वर यादवले नगरबासीको स्वास्थ्य समस्याको निराकरणको लागि एम्बुलेन्स खरिद गर्ने पहिलो निर्णय गरेको छ। मेयर यादवले पदभार ग्रहण गर्दै कमला नगरपालिकाबासीको स्वास्थ्य समस्याको निराकरणको लागि एम्बुलेन्स खरिद गर्ने पहिलो निर्णय गरेका हुन। मेयर विशेश्वर यादव र उपमेयर शिला देवी मण्डलले पदभार ग्रहण गरेकी छिन् ।मेयर यादवले […]
रन्जन भण्डारी महोत्तरी ,१२ जेष्ठ ।महोत्तरीको एकडारा गाउँपालिकाका स्थानीय बालेन साहलाई स्वागत गर्न आतुर छन् । तत्कालीन एकडारा गाउँकै जमिनदार (महाजन) परिवारका कान्छो छोरा बालेन्द्र काठमाडौं महानगरपालिकाको मेयर बन्ने पक्का भएपछि महोत्तरीस्थित उनको पैतृक गाउँमा स्थानीयहरू खुसीले प्रफुल्ल छन् । बालेनलाई सघाउन र हौसला प्रदान गर्न उनलाई चिनेका बाल्यकालका साथीहरू मतगणना सुरु भएपश्चात् नै काठमाडौं […]
न्यूजमधेश डेस्क कपिलवस्तु,१२ जेष्ठ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । नगर प्रमुखमा कांग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरि चुनाव जितेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामदास चौधरीले ८ हजार ६६८ मत र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार ओंकारनाथ शुक्लले […]
श्रवण देव जनकपुरधाम,११ जेष्ठ। पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा निर्वाचित मनोज साह बुधबार नेपाली कांग्रेसकै विजय र्यालीमा सहभागी भए । उपमेयरमा कांग्रेसबाट निर्वाचित किशोरी साह, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, पार्टीका जिल्ला सभापति योगनारायण पजियारसँगै उनी पनि विजय र्यालीको अग्रपंक्तिमा थिए । कांग्रेसको जनकपुर नगर सभापतिबाट राजीनामा दिएर मेयरको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,११ जेष्ठ ।पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेजको माग गर्दै युवाहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । बुधवार युवाहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै जनकपुरको शिव चौकमा प्रदर्शन गरेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले रुस र युक्रेनको युद्ध देखाएर नेपालमा […]
न्यूजमधेश डेस्क बर्दिया ,११ जेष्ठ ।मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बाँसगढी नगरपालिका–२ मदाहाका २५ वर्षीय आशिस चौधरीको बुधबार मृत्यु भएको हो। मधुवन नगरपालिका–४ मख्खनचोक स्थित हुलाकी सडक खण्डमा ढोढरीदेखि भुरीगाउँतर्फ जाँदै गरेको लु ६२ प ४७३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दिउँसो ३ बजे दुर्घटना भएको […]