०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

समाज

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कमला युवा संजालद्वारा दिप प्रज्वलन

जनकपुरधाम,२७ साउन। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनुषाको सघारामा दिप प्रज्वलन गरेको छ। शनिबार कमला युवा संजालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कमला नगरपालिका वडा नम्बर ४ सघारा चौकमा दिव प्रज्वलन गरि युवा दिवस मनाइएको हो। सो कार्यक्रममा कमला युवा संजालका अध्यक्ष बिमलेश यादव,सचिव चन्द्रदीप यादव,कोषाध्यक्ष मो .इसराफिल राईन, रामजुलुम यादव,राजकुमार यादवसहित स्थानीय युवाहरुको उपस्थितिमा दिपप्रज्वलन गरि […]

रुपन्देही ,२७ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सिर्जनशील र रोजगारी सिर्जना गर्ने लुम्बिनी प्रदेशका युवालाई रकम अभाव नहुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर युवा परिषद् लुम्बिनी प्रदेशले रुपन्देहीको लुम्बिनीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले युवालक्षित कार्यक्रम, उद्यमशीलता र रोजगारी सिर्जना गर्न प्रदेश सरकारसँग ४ अर्ब बजेट रहेको बताएका हुन् । उनले अबको […]

सुनसरी ,२५ साउन।सुनसरीमा बाबुले आफ्नै छोरीलाई विष खुवाएर हत्या गर्ने प्रयास गरेका छन्। इलाका प्रहरी दुहबीका अनुसार सुनसरीको बर्जु गाउँपालिका- २ का ५० वर्षीय अर्जुन कामतले अर्काको घरमा गएर आफ्नो बेइज्जत गरेको भन्दै मंगलबार साँझ कीटनाशक विषादी जबर्जस्ती खुवााएर २० वर्षीया छोरी राधिकाको हत्या प्रयास गरेका हुन्। प्रहरीले छोरीलाई विष खुवाउने बाबु अर्जुनलाई पक्राउ गरेको […]

कैलाली ,२५ साउन। सोमबारदेखि सुरु भएको लगातारको वर्षाले कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ । बाढीका कारण जोखिममा रहेका पालिकाका नागरिक घरबाट विस्थापित भएका छन् ।बाढीले कैलालीको भजनीमा सबैभन्दा बढी परिवार विस्थापित भएका छन् । भजनीमा बाढीका कारण दुई हजार तीन सय परिवार विस्थापित भएका नौ सय बढी परिवार सडकमा बसिरहेका […]

वीरगन्ज ,२५ साउन । वीरगञ्जमा पछिल्लो चार महिनामा एक हजार चार सय परिवारलाई खानेपानीको धारा वितरण गरिएको छ । खानेपानीको समस्या भइरहेका बेला एक हजार चार सय परिवारले खानेपानीको धारा जडान गराएका यहाँ स्थित खानेपानी संस्थानले जनाएको छ । वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा वैशाखमा ४१, जेठमा एक सय ५७, असारमा दुई सय दुई र साउनको […]

काठमाडौँ ,२४ साउन। डा.सिके राउत नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिहरूको मागप्रति ऐक्यबद्धता जनाएको छ । अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसर पारेर बुधबार दिउँसो सो पार्टीका नेताहरुले काठमाडौँको माइतीघर मण्डलामा भेला भई आदिवासी, जनजातिहरुले सरकारसँग राखेका मागप्रति ऐक्यबद्धता जनाएका हुन् । आफ्नो पार्टी पनि आदिवासी, जनजाति, मधेसी समुदाय र पिछडिएका समुदायहरुको हक, अधिकारका लागि […]

जनकपुरधाम,२४ साउन । धनुषामा मंगलबार नदीले बगाउँदा एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। मिथिला नगरपालिका–२ मा बसही खोलाले बगाउँदा सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको हो। स्थानीय र प्रहरीले बालकलाई उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो। मङ्गलबारदेखि यस भेगमा परिरहेको लगातारको वर्षाले गाउँ नजिक रहेको वसही खोलामा […]

जनकपुरधाम । जनकपुरको जानकी मन्दिर परिसरमा अश्लील भिडियो बनाएर टिकटकमा पोष्ट गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका-६ पोखरभिण्डा बस्ने अन्दाजी १८ वर्षीय अनिरुद्र यादव रहेका छन् । यादवले एक युवतीसँग मन्दिरको विवाहमण्डप परिसरभित्र अश्लील हर्कत गर्दै टिकटक भिडियो पोष्ट गरेका थिए । भिडियोमा तीन जनाको संलग्नता रहेको पाइएकाले भिडियोमा […]