१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

स्वास्थ्य

जनकपुरधाममा कोभिड विशेष अस्पताल सञ्चालनमा

न्यूजमधेश डेस्क जनकपुरधाम ,३ असार । प्रदेश २ सरकारले जनकपुरधाममा एकसय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहीन भवनलाई मर्मत सम्भार गरी प्रदेश सरकारको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सो अस्पताल सञ्चालन गरिएको हो । मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रूपमा आज […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३१ जेष्ठ । डा सीके राउत नेतृत्वका जनमत पार्टीका जनवर्गीय संगठन विद्यार्थी जनमत संघ धनुषाले शहिदनगर नगरपालिकामा रक्तदान कार्यक्रम गरेको छ। सोमबार शहिदनगर नगरपालिका वडा नम्बर १ कुम्भकरणमा विद्यार्थी जनतम संघ धनुषाको अध्यक्ष विजय यादवको अध्यक्षतामा २२ जनाले रक्तदान गरेको छ । कोरोना भाइरसको दोस्रो लहरको कारण लामो समयदेखि बन्दाबन्दी भएको कारण […]

न्यूजमधेश डेस्क काठमाडौं ,३१ जेष्ठ ।थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको छ । गत नौ दिनदेखिको ज्वरो कम नभएपछि उहाँलाई आज बिहान थापाथलिस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्रो […]

न्यूजमधेश डेस्क विरगंज ,३१ जेष्ठ । पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाएका छन् । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाउन गरेको निर्देशनानुसार पर्सामा गत शुक्रबार र शनिबार सञ्चालन गरेको खोप केन्द्रबाट लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र खोप लगाएका हुन् […]

न्यूजमधेश डेस्क लहान ,३० जेष्ठ । सिरहाको गोलबजार नगरपालिकाले कोभिड–१९ सङ्क्रमितको उपचारार्थ सञ्चालन गरेको गोलबजार अस्थायी कोभिड अस्पताल लागि करिब रु ४५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । विकास निर्माणको बजेट कटौती गरी नगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पताललाई अमेरिकाको मिचिगनस्थित हेल्पिङ ह्याण्ड नेपाल च्याप्टरले स्वास्थ्य सेवा तथा उद्धार सङ्घ […]

न्यूजमधेश डेस्क काठमाडौं ,३० जेष्ठ । कोरोन सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने सङ्घले जनाएको छ । सङ्घले आज नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो । सङ्घले दोस्रो […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ जेष्ठ । यहाँका व्यवसायीले व्यवसाय सञ्चालन गर्न कोरोना विरूद्धको खोप उपलब्धका लागि स्थानीय प्रशासनसँग आग्रह गरेका छन् । जनकपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले आज यहाँ प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालाई ज्ञापन पत्र बुझाउँदै ४० दिनदेखि बन्दाबन्दीले उद्योग र व्यापार धरासायी हुन लागेकोतर्फ ध्यानाकर्षण गराएका छन् । व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गर्दे […]

न्यूजमधेश डेस्क महोत्तरी ,२१ जेष्ठ । कोभिड–१९ सङ्क्रमणको अति जोखिम क्षेत्रमा महोत्तरीका पाँच स्थानीय तहको संयुक्त पहलकदमीमा सुविधायुक्त कोभिड अस्पताल सञ्चालनमा आएको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–९ पर्सादेवाडस्थित निर्माणाधीन जानकी एकेडेमी अस्पतालको भवनमा पाँच स्थानीय तह र निवर्तमान प्रतिनिधिसभा सदस्यको संयुक्त पहलकदमीमा ५० शय्याको कोभिड अस्पताल बिहीबार सञ्चालनमा ल्याइएको हो । निवर्तमान सांसद डा सुरेन्द्रकुमार […]