०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

स्वास्थ्य

राजविराजमा फेरी पीसीआर परीक्षण सुरु

न्यूजमधेश डेस्क राजविराज ,२२ भाद्र । एक महिनादेखि बन्द रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पीसीआर परीक्षण आजदेखि पुनः सुरु भएको छ । पीसीआर परीक्षण पुनः सुरु गरिएको अस्पतालका पीसीआर परियोजनाका प्रमुख प्रकाशकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नं. २ सरकारबाट अर्को पीसीआर मेसिन पठाएपछि यहाँ पुनः परीक्षण सुरु गरिएको छ । यसअघि […]

न्यूजमधेश डेस्क वीरगञ्ज ,२० भाद्र। पर्साको ठोरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पर्सा हेल्थ क्लिनिकको आयोजना सञ्चालित शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा बालकदेखि ९२ वर्षका वृद्धसम्मले स्वास्थ्य जाँच गराएको शिविरको संयोजन गरेका पत्रकार नवराज फुयाँलले बताए । फुयाँलका अनुसार शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो […]

न्यूजमधेश डेस्क काठमाडौं ,१९ भाद्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनुभएको छ । शुक्रबारदेखि उहाँमा सामान्य ज्वरो आएको उहाँका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्य ज्वरो आएपछि अध्यक्ष ओलीले पार्टीका विभिन्न कार्यक्रम र भेटघाट हिजैदेखि रोकिएको छ । अहिले उहाँ बालकोटस्थित आफ्नै निवासमा नै आराम गरिरहनुभएको छ ।

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ भाद्र। २ नम्बर प्रदेशको एक  मात्र प्रादेशिक अस्पताल जनकपुरमा रहेको छ ।त्यसमापनि गुण्डागर्दी शैलीमा आएर केही युवाहरु एक स्वास्थकर्मीमाथी कुटपिट गरेको छ। बिहीवार दिउँसो अस्पताल परिसरमै अस्पतालमा स्वास्थकर्मी देवेन्द्र ठाकुरलाई निर्घात रुपमा कुटपिट गरेको प्रत्येक्षदर्शीहरुले बताउछ । कर्मचारीको बैठक चलिरहेको बेला ठाकुरलाई त्यहाँबाट तल बोलाएर एक समूहले गुण्डागर्दी शैलीमा लात, हात र […]

न्यूजमधेश डेस्क सिरहा ,१७ भाद्र । सिरहामा हालसम्म एक लाख ६२ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । विसं २०७७ माघदेखि सुरु भएको खोप अभियानअन्तर्गत हालसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सनको गरी विभिन्न चरणमा एक लाख ६२ हजार जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताउनुभयो । प्रमुख यादवका अनुसार सिरहामा […]

पहिले बालबच्चा मोटाघाटा भए आमाबुवा सन्तुष्ट हुन्थे । छोराछोरी ‘खाइलाग्दा ज्यानका’ भए भनेर दंग पर्थे । त्यसबेला बच्चाहरु घरबाहिर खेल्ने, उफ्रने, दौडने गर्थे । जंकफुड सहजै उपलब्ध हुँदैनथ्यो । र, उनीहरुको शरीर भद्दा देखिदैनथ्यो । अहिले भने बच्चाहरुको मोटोपन आमाबुवाको लागि टाउको दुखाइको विषय बन्न थालेको छ । बच्चाहरु अस्वभाविक मोटाएका छन् । उनीहरुको शरीर […]

न्यूजमधेश डेस्क सप्तरी ,१३ श्रावण । राजविराजस्थित गजेन्द्रनारायण सिँह अस्पतालमा मङ्गलबारदेखि बन्द रहेको पिसिआर परीक्षण आजदेखि पुनः सञ्चालन भएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रणजीतकुमार झाका अनुसार पिसिआर मेसिनमा प्राविधिक सामान्य गडबडी भएका कारण एक दिन बन्द रहेको कोरोना भाइरसको स्वाब परीक्षण फेरि सञ्चालन भएको उहाँले जानकारी दिनुभयो । दुई दिनअघि मात्रै सप्तरीमा ४० […]

न्यूजमधेश डेस्क महोत्तरी ,१३ श्रावण । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार विगत पाँच÷सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको स¬ङ्ख्या ह्वात्तै बढेको हो । उहाँले अहिले जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०÷७० प्रतिशत बिरामी भाइरल […]