२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

स्वास्थ्य

सातवटै प्रदेशलाई अक्सिजन भरेर राख्न मन्त्रालयको निर्देशन

न्यूजमधेश डेस्क काठमाडौं ,११ श्रावण । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । सङ्क्रमण दर बढ्दै गएकाले तेस्रो लहर आउन सक्ने भन्दै सबै सामाजिक विकास मन्त्रालयलाई एक हजार दरले अक्सिजनका सिलिण्डर तयारी अवस्थामा निर्देशन दिइएको मन्त्रालयको गुणस्तर तथा नियमन […]

न्यूजमधेश डेस्क कंचनपुर ,७ श्रावण । भीमदत्त नगरपालिका– ९ ब्रम्हदेवमा चौबिसै घन्टा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीयवासी महिलालाई भारतीय निकटवर्ती बजारका अस्पतालमा प्रसूतिका लागि पुग्नुपर्ने झन्झट हटेको छ । गाँउमै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिलालाई सुरक्षित रुपमा प्रसूति हुनका लागि सहज भएको हो । प्रसूति सेवाका लागि नगरपालिकाले औषधि, आवश्यक औजार र उपकरणसहित दक्ष जनशक्तिको […]

न्यूजमधेश डेस्क काठमाडौं,७ श्रावण । टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भिड लागेको छ । प्रमाणपत्र लिन आएकाहरुको ठेलमठेल छ । वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ । त्यसैले टेकु अस्पतालमा भेला भएकाहरु पनि धेरैजसो विदेश जान लागेकाहरु छन् । उनीहरु मुख्य गेटबाहिर प्रमाणपत्र लिन प्रतिक्षा गरिरहेका छन् । एक […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ श्रावण ।नेपाली कांग्रेसका नेता गगन थापाले राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्ने जोसुकैलाई उपचार खर्च ब्यहोर्ने कुरा गैर कानुनी रहेको बताएका छन् । दिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेपछि उनले समाजिक सञ्जाल मार्फत सरकारले कानुनविपरीत निर्णयको गरेको बताएका हुन् । ‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ असार ।प्रदेश–२ मा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा अभिभावकको उदासीनताले शिक्षा र स्वास्थ्य क्षेत्रमा समस्या वृद्धि हुँदै गएको तथ्य औँल्याइएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष र महिला सशक्तीकरण अभियानद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा यो तथ्य औँल्याइएको हो । यसको कारण प्रदेशमा छ प्रतिशत […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका हुन्। अस्पतालका प्रमुख डा. जागेश्वर गाैतमले कोभिड-१९ महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिए। नवनिर्मित भवनबाट अस्पतालले आधुनिक चिकित्सा प्रणाली अपनाइ सेवामा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ असार । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाले प्रदेश नं २ लाई चिकित्सा विज्ञानको केन्द्रका रुपमा स्थापित गराउन सहयोग पुग्ने बताउनुभयो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज स्वास्थ्य सामग्री वितरण कार्यक्रममा उहाँले प्रदेशलाई स्तरीय स्वास्थ्य उपचारको केन्द्र बनाउन […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले प्रादेशिक अस्पताल जनकपुरलाई एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । मन्त्री भएपछि बुधवार स्वास्थ्य सामग्री बोकेर पहिलोपटक गृहजिल्ला आइपुगेका मन्त्री अरगरियाले विहीवार एक समारोहबिच हस्तान्तरण गरेका हुन् । मन्त्री अरगरियाले २ वटा भेन्टिलेटर, २ वटा अक्सिजन कन्सनट्रेटर, अक्सिमिटर, पिपिई, फेस […]