१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

राजनीति

निर्वाचन आयोगले उम्मेदवारको खर्च विवरण संकलन गरिने

न्यूजमधेश डेस्क काठमाडौं,२८ असोज।निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको निर्वाचन खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत संकलन गरिने भएको छ। आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठकले सो निर्णय गरेको हो। उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको र निर्वाचन आचारसंहिता पालना भए नभएको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२७ असोज।माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने निर्णय गरेको हो । आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनौपचारिक रुपमा यस्तो निर्णय गरेको स्रोतको भनाइ छ । केन्द्रीय गठबन्धन निर्णयअनुसार रौतहट-३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने तथा धिरज पटेललाई उम्मेदवारी फिर्ता लिने लगाउने निर्णय […]

न्यूजमधेश डेस्क काठमाडौं ,२७ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका उम्मेदवार महीन्द्र राय यादवलाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति आपत्ति जनाएको छ। सत्ता गठबन्धनका चार घटकले केही उम्मेदवारको प्रष्टीकरण गर्ने उद्देश्यले बुधबार जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको लोसपाले जनाएको छ। सत्ता गठबन्धनको उक्त विज्ञप्ति कांग्रेस सभापति शेरबहादुर देउवासँग २२ असोजमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ असोज।जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा निर्वाचन क्षेत्र .३ का प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार ई.शम्भु नाथ साहले जनमत पार्टी भिजन बोकेका शिक्षित युवाहरु पार्टी रहेको बताए। आज बिहान जनकपुरधाम उपमहानगरपालिकाको देपुरा रुपिठामा कार्यकर्ता भेटघाट कार्यक्रमको सम्बोधन गर्दै उम्मेदवार ई.साहले जनमत पार्टी मात्रै भिजन बोकेका शिक्षित युवाहरुको पार्टी रहेको बताए ।जनमत पार्टीले मात्रै […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ असोज।मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई सहयोग नगरी अरु उम्मेदवारहरुलाई सघाउनेहरुमाथी कडा निगरानी र कारबाही हुने जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले बताए। अध्यक्ष डा.राउतले आज एक प्रसे विज्ञप्ति निकाल्दै उनले जनमत पार्टीका उम्मेदबारलाई सहयोग नगरी अरू उम्मेदबारहरूलाई सघाउनेहरूमाथि कडा निगरानी र कारबाही हुने जानकारी […]

न्यूजमधेश डेस्क बर्दिया,२६ असोज। बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी पनि निर्वाचन कार्यालयले खारेज गरिदिएको छ। जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीविरूद्ध परेको उजुरीका आधारमा मंगलबार उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गरिदिएको हो। ‘रेशम चौधरीको […]

न्यूजमधेश डेस्क काठमाडौं,२५ असोज । सत्तारुढ गठबन्धनले गठबन्धनविरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिन २० घन्टाको समय दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । ‘आगामी […]

न्यूजमधेश डेस्क धरान ,२५ असोज। मंसिर ४ गते हुने प्रदेश सभा सदस्य पदमा सुनसरी क्षेत्र नम्बर-१ (ख) मा दाजुभाईबीच चुनाबी प्रतिस्पर्धा हुने भएको छ। यस क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एस पार्टीका धरान अध्यक्ष रेवतरमण राई र एमाले-जसपा गठबन्धनबाट एमालेका प्रदेश सचिवालय सदस्य विजय राई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। चुनाव अगाडि एक अर्कालाइ सहयोग गर्ने […]