१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

अर्थ

कञ्‍चनपुरका भरत काँक्रो खेतीबाट वार्षिक ५ लाख कमाउँछन्

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उनले घर–व्यवहार सहज रूपमा चलाएका छन् । ‘एक दशकदेखि काँक्रो […]

दाङ । दाङको तुलसीपुर–६ स्थित गणपति तेल मिलमा आगलागी भएको छ । शनिबार बिहान करिब साढे २ बजे तेल मिलमा आगलागी भएको हो ।आगलागी भएको जानकारी पाएलगत्तै स्थानीय र प्रहरीले पानी ट्यांकरहरुको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए […]

जनकपुरधाम । नेपाल ट्रेड सेन्टर जनकपुरधामका सञ्चालक सोहनलाल मुरारकाले व्यवसायीको कारोबारमा जर्वजस्ती तमसुक बनाउने गरेको पाइएको छ । निर्माण व्यवसायीहरुले कारोबार गर्दा बैंक खाता रोक्का गराएर जर्वजस्ती फर्जी तमसुक बनाउने गरेको हो । सुगम निर्माण सेवाका सञ्चालक श्याम साहले मुरारका गुण्डा लगाएर हिसाब नै नगरी तमसुकमा हस्ताक्षर गर्न लगएको आरोप लगाएका छन् । उनले २०७२ […]

काठमाडौं । नेपालमा मनसुन सुरु भएको दुई महिना बित्दा ठुलो जनधनको क्षति भएको छ । भदौ ६ गते (बुधबारसम्म) मनसुनजन्य बाढी, पहिरो तथा चट्याङबाट अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । ११५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार पहिरोबाट सबैभन्दा बढी ३८ जनाको मृत्यु भएको […]

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज मन्थ्ली पे डे’ योजना अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ । ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भाद्रदेखि आगामी साउन महिनासम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् पाँच […]

काठमाडौं । जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान […]

कमलामाई । बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौँतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । उनले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागन फलको फल र बिरुवा उत्पादन गर्छन्। यसले पाँच जनाको काफ्ले परिवारलाई स्वरोजगार बनाएको छ […]

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयमा कार्यरत एक कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सिरहाको नापी कार्यालय लहानमा कार्यरत अमिन दिपरन्जन यादवलाई घुस रकमसहित नियन्त्रणमा लिइएको हो । यादवले जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना आयोगमा परेको थियो । सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको […]