१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

शिक्षा

बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुले

न्यूजमधेश डेस्क ढाका ,२७ भाद्र । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि आजदेखि विद्यालय खुलेका हुन् । राजधानीको एक विद्यालयमा आइतवार विद्यार्थीहरूलाई फूल र मिठाइले स्वागत गरिएको थियो । विद्यालय प्रशासनले प्रवेशद्वारमा विद्यार्थीको तापक्रम नापिरहेको देखिन्थ्यो।आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीहरूलाई कक्षाकोठामा प्रवेश गराइएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २४ भाद्र । जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका कोर्ष कन्ट्रायक्टका शिक्षकहरु आन्दोलित भएका छन् । उनीहरुले करार नियुक्तिको माग गर्दै आन्दोलित भएका हुन् । करिब महिना दिनदेखि शान्तिपूर्ण तरिकाले विभिन्न चरणको आन्दोलन गर्दै आएका उनीहरुको माग पुरा नभएपछि बुधवार विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए । तर उपकुलपति प्रा. भरत झाले […]

न्यूजमधेश डेस्क राजविराज ,१९ भाद्र । सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ । सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक […]

न्यूजमधेश डेस्क काठमाडौं,१६ भाद्र । स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा गर्ने निर्णय गरेको अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । यसअघि साउन ३१ गतेदेखि हुने भनिएको परीक्षा कोरोना भाइरसको महामारीलाई देखाउँदै स्थगित गरिएको थियो । बोर्डले परीक्षा […]

न्यूजमधेश डेस्क राजविराज ,११ भाद्र । कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो । विद्यालय सञ्चालन गर्ने विषयमा स्थानीय तहका प्रमुखहरू छलफलमा जुटेका हुन् । जिल्ला समवन्य समितिमा बसेको स्थानीय तहका प्रमुखको बैठकले […]

न्यूजमधेश डेस्क काठमाडौं,११ भाद्र । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले खगोल विज्ञानका विषयमा अनुसन्धान र ज्ञान आदानप्रदान गर्न दुबईस्थित एमआइटीवाइ विश्वविद्यालयसँग सम्झौता गरेको छ । सम्झौतापछि सोसाइटीले सो विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्नातक तहमा अध्ययनरत अन्तरिक्ष विज्ञानका विद्यार्थीलाई यस क्षेत्रमा हासिल गरेका ज्ञानका विषयमा तालिम दिइएको छ । सोसाइटीले १४औँ वर्ष पूरा गरी १५औँ वर्ष प्रवेश गरेका […]

न्यूजमधेश डेस्क काठमाडौं ,१० भाद्र । सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहमा अध्ययरत विद्यार्थीका लागि खोप उपलब्ध गराइएको जानकारी दिनुभयो । “अठार वर्ष वा […]

न्यूजमधेश डेस्क झापा ,२४ श्रावण ।झापाको भद्रपुर नगरपालिका–३ स्थित अरनिको माध्यमिक विद्यालयको निर्माणाधीन भवन अलपत्र भएको छ । भारत सरकारको आर्थिक सहयोगमा सात वर्षअघि निर्माण शुरु भएको विद्यालय भवनको निर्माण अधुरो छाडेर दुई वर्षदेखि निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन बनेपछि विद्यालयको सो निर्माणाधीन भवन अलपत्र भएको हो । विसं २०२४ मा स्थापना भएको अरनिको माविको भवन […]