२१ मंसिर २०८१, शनिबार
07-12-2024 , Sat
×

अन्तराष्ट्रिय

युक्रेन हमालामा १५ हजार रुसी सेनाको मृत्यु,४५ हजार सेना घाइते

न्युजमधेस डेस्क एजेन्सी,५श्रावण। युक्रेन हमालाका क्रममा हालसम्म १५ हजार रुसी सेनाको मृत्यु भएको छ। त्यसक्रममा ४५ हजार रुसी सेना घाइते भएको अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् । ‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र त्यसको […]

न्युजमधेस डेस्क एजेन्सी । श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले राष्ट्रपतिको  राजिनामा स्वीकृत भएको बताउनुभएको छ । राष्ट्रपति गोटाबाया राजपाक्षले अघिल्लाे हप्ता राजीनामा दिनुभएकाे थियाे । “राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ । आवश्यक कानुनी प्रक्रियापछि संसद सदस्यहरूलाई भोलि नयाँ राष्ट्रपति निर्वाचित गर्न आमन्त्रित गरिनेछ,” सभामुख अबेयवार्देनाले एएनआईसँग भन्नुभयो । आन्दोलनकारीको निरन्तरको […]

न्युजमधेस डेस्क एजेन्सी,२९ असार। श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले देशको सुरक्षा अवस्था सुधार्नको लागि तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिनुभएको छ । एक टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिङ्घेले देशमा अराजकता बढिरहेको भन्दै सेनालाई आफ्नो जिम्मेवारी पूरा गर्ने कामको लागि तयार रहन निर्देशन दिनुभएको बीबीसीले जनाएको छ । ‘हामी संविधान च्यात्न सक्दैनौँ र देश अराजकतावादीलाई कब्जा गर्न पनि दिँदैनौँ, […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ असार । तपाईले माथि देख्नु भएको ब्रह्माण्डको पहिलो रंगीन छवि नासाको जेम्स वेब टेलिस्कोपबाट लिइएको हो। चम्किलो ग्यालेक्सीहरूले भरिएको ब्रह्माण्डको सबै पहिले जारी गरिएका तस्बिरहरूमध्ये यो सबैभन्दा स्पष्ट तस्वीर हो। यो उच्च रिजोल्युसन तस्वीर हामी सम्म पुग्न धेरै अरब वर्ष लाग्यो। यो तस्विर अमेरिकी राष्ट्रपति जो बाइडेनलाई मंगलबार ह्वाइट हाउसमा ब्रीफिंगको क्रममा […]

न्युजमधेस डेस्क सांघाइ,२७ असार। चीनको सांघाइमा अत्यधिक तापक्रम बढेको छ । ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि सांघाई नगरपालिका मौसम विज्ञान पर्यवेक्षकले प्रान्तका केही क्षेत्रमा रेड अलर्ट जारी गरेको छ । सिन्ह्वाका अनुसार सांघाइमा जुलाई ५ देखि लगातार ६ दिनसम्म अत्यधिक उच्च तापक्रम देखिएको छ ।  आइतवार सांघाई सुजियाहुई स्टेशनको तापमान ४० डिग्री सेल्सियस पुगेको थियो । […]

न्युजमधेस डेस्क जनकपुरधाम,२७ असार। सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा विकल्प खोज्न र पुनः अध्ययन गर्न दिएको आदेशलाई लत्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवालगायत तीन दलका नेताले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्दै दिएको अभिव्यक्ति गलत भएको टिप्पणी गरेका छन्। आइतबार प्रोपब्लिकलगायत कानुन आबद्ध विभिन्न संगठन, वातावरणविद्ले आयोजना गरेको निजगढ फैसला कार्यान्वयनको मार्गचित्र विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा […]

न्युजमधेस डेस्क एजेन्सी,२६ असार। श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कब्जा गरेको राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान लिएका छन् । विगतमा पनि राजीनामा दिने भन्दै ढाँटेकाले अब उनीहरूको राजीनामा नआएसम्म निवास नछाड्ने प्रदर्शनकारीहरूले अडान लिएका बीबीसीले जनाएको छ । ‘हाम्राे सङ्घर्ष सकिएकाे छैन’, विद्यार्थी आन्दाेलनका नेता लाहिरु वीरासेकाराले एएफपीसँग भनेका छन्, ‘राष्ट्रपति राजापाक्षेले साँच्चिकै नछाेडेसम्म हामी […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ असार । श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजपाक्षेले आफ्नो पदबाट यही जुलाईको १३ तारिखमा राजीनामा दिने भएका छन् । उनले श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अविवर्दनालाई सो कुराको जानकारी गराएका छन् । राष्ट्रपति गोटाबायाले शनिबार सभामुख अविवर्दनासँग आफूले जुलाई १३ मा राजीनामा गर्ने जानकारी गराएका सभामुख अविवर्दनाको कार्यालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको […]